सुनको भाउले बनायो अर्काे रेकर्ड, किन महँगियो सुन ?

१ भदौ ८१, आइतबार

२ भदौ , काठमाण्डौ ।

साताको पहिलो कारोबार दिन आइतबार घरेलु बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो ।

उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ८३० रुपैयाँ तोकेको छ ।त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५२ रुपैयाँ रहेको छ । सुनको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै छ। ४–५ महिनायता अन्तर्राष्ट्रियदेखि राष्ट्रियबजारसम्म सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

आर्थिक वर्षको सुरुवाती महिनामै सुनको मूल्य प्रतितोला डेढ लाख रुपैयाँ नाघेको थियो । अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको पाइन्छ। चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत सुन आयातमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएकाले सुनको मूल्य बढेको तर्क गर्छन्, सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्य।

Advertisement

अमेरिकी डलरको मूल्यवृद्धि र सरकारले बढाएको करका कारण अन्तर्राष्ट्रियभन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा पाँच वर्षअघि प्रतिऔंस १ हजार २ सय ८८ डलर रहेको सुन अहिले दोब्बर हाराहारी छ। नेपाली बजारमा भने करिब साढे २ गुणाले बढेको सरोकारवालाहरू औँल्याउँछन्।

अन्तर्राष्ट्रिय स्तरमा बढ्नुको कारण विभिन्न मुलुकसँग युद्धले गर्दा सुनको मूल्य बढेको हो। लामो समयदेखि, युक्रेन र रुस तथा इजरायल र प्यालेस्टाइन युद्धका कारण पनि अधिकांश मुलुकले सुनलाई सम्पत्तिका रूपमा सुरक्षित गर्दा यसको माग बढेदा मूल्य वृद्धि भएको उनले औंल्याए। शाक्यकाअनुसार संसारको वित्तीय क्षेत्रलाई मजबुत बनाउन सुनको भूमिका हुन्छ।

वल्र्ड गोल्ड काउन्सिलका अनुसार पछिल्लो समय सबैभन्दा बढी सुन सुरक्षित गर्ने मुलुकमा चीन, जर्मनी र भारत अगाडि देखिन्छन्। यससँगै पहिला अमेरिकामा बढी थियो। यद्यपि अहिले पनि अमेरिकासँग ८ हजार टनभन्दा बढी सुन छ। तर, पछिल्लो ९–१० वर्षको अवधिमा चीनसँग २० हजार टनभन्दा बढी सुन रहेको वल्र्ड गोल्ड काउन्सिलको तथ्यांकमा उल्लेख छ।

यद्यपि कतिपय प्रतिवेदनहरुले भने अमेरिकालाई नै सबैभन्दा बढी सुन रहेको देशको रुपमा देखाएका छन् । त्यसपछि जर्मनी, इटाली, फ्रान्स रु रुससँग सर्वाधिक सुन रहेको बताइन्छ । रुसमा मात्रै २३ सय ३२ टन सुन सुरक्षित रहेको बताइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top