NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

कोलकाता डा.प्रकरणःअगष्ट ९ को कालो रात के भएको थियो ?

आइतवार भदौ २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
कोलकाता डा.प्रकरणःअगष्ट ९ को कालो रात के भएको थियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ भदौ , विराटनगर ।
भारतीय शहर कोलकातामा प्रशिक्षार्थी डाक्टरमाथि भएको यस्तो क्रूरता सायदै कसैले देखेको सुनेको होला । निर्ममतापूर्वक कुटपिट, त्यसपछि बलात्कृत र अन्ततः हत्या… यो क्रूरताले सबैलाई रुवाएको छ । कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको बारेमा चकित पार्ने खुलासा भएको छ ।कोलकाताको आरजी कार मेडिकल एण्ड हस्पिटलका प्रशिक्षार्थी डाक्टरमाथि भएको क्रूरताले सबै हद नाघ्यो ।

पोस्टमार्टम रिपोर्टमा हत्याराले उनलाई नराम्ररी कुटेको खुलेको छ । जसमा पीडितको चस्मा फुटेको थियो ।अनि चस्माका टुक्रा आँखाभित्र पसेका थिए ।आमाबाबु, साथीहरू, शिक्षकहरू, आम सर्वसाधारण जसले यो घटना सुनेका छन्, उनको लागि एउटै शब्द भनिरहेका छन् योद्धा। आरजी कार अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी ३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको स्वर्ण पदक जित्ने सपना थियो ।

सिलाई पेशा अंकालेका बुवाले छोरीलाई पढाउन दिनरात मिहिनेत गरे । छोरीले पनि पढाइमा कुनै कसर छोडिनन् । परिवारले जीवनभर संघर्ष गर्यो। छोरी कोलकाताको सघन जनसंख्या भएको सोदेपुरबाट आरजी कार पुगेकी थिइन्। अब परिवारको ऋण तिर्न छोरीको पालो थियो तर उनले मानव जीवनकै क्रुरता भोगेर यो संसार छाडेकी छन् ।

महिला डाक्टरका ६७ वर्षीय बुवाले भारतीय संचारमाध्याममा भनेका छन्, ‘हामी गरिब परिवार भएकाले निकै कष्ट गरेर हुर्केका छौं । उनले डाक्टर बन्न निकै मिहिनेत गरिन् । हाम्रा सबै सपना एकै रातमा चकनाचुर भए । सबै बंगाली परिवारहरू जस्तै, उनको परिवार पनि अक्टोबरमा दुर्गा पूजाको लागि उत्सुकतापूर्वक पर्खिरहेको थियो, जसको विशेष अर्थ थियो किनकि उनकी छोरीले २०२१ बाट घरमा पूजा आयोजना गर्न थालेकी थिइन्।

आमाले घरमा पूजाको तेस्रो वर्ष भएको र यसपटक ठूलो पुजा गर्ने योजना बनाएको बताइन् । यो विशेष अवसर थियो किनकि उनले आफ्नो पीजी अध्ययन पूरा गरेकी थिइन्। उनको राम्रो शैक्षिक स्कोर र नरम बोली व्यवहारको लागि परिवारका सबैले उनलाई एक रोल मोडेलको रूपमा लिन्थे । जब उनले पीजी गर्ने निर्णय गरिन्, उनले दुई मेडिकल कलेजमा योग्यता हासिल गरेकी थिइन् ।

तर घरबाट एक घण्टाको बस यात्रामा पुगिने आरजी कार कलेज उनले छनोट गरिन्। उनले माध्यमिक (कक्षा १० राज्य बोर्ड) मा ९०% र उच्च माध्यमिकमा ८९% अंक ल्याएकी थिइन् । छोरी डाक्टर बनेपछि उनका बुबा पनि निकै खुसी थिए । उनले भर्खरै आफ्नो घर मर्मत गरेर कार किनेका थिए। परिवार गरिबीबाट मुक्त हुँदै थियो। उनले श्वासप्रश्वास थेरापीलाई आफ्नो विशेषज्ञताको रूपमा रोजेकी थिइन्। तर कस्तो विडम्बना अन्त्यमा क्रुरताका बीच श्वासप्रश्वासकै लागि संघर्ष गर्दागर्दै उनले संसार त्याग्नु परेको छ ।

यो प्रकरणलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । जसमा सामाजिक सञ्जालबाट मृतक चिकित्सकको फोटो, नाम र परिचय हटाउन माग गरिएको छ । मृतक चिकित्सकको तस्बिर र परिवारको परिचय खुलाएर परिवारको इज्जतमा आँच पु¥याएको निवेदनमा उल्लेख छ । यसमा केन्द्र र राज्यसरकारसहित , फेसबुक, इन्स्टाग्राम, गुगल, युट्युब, ट्विटर एक्स र मिडिया हाउसलाई पनि विपक्ष बनाइएको छ । यसको सुनुवाई अगस्ट २० मा हुनेछ।

अहिले भारतभरका चिकित्सकमा आक्रोश छ । शनिबार सफदरजंग अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफले विरोध ¥याली निकालेका थिए । दिल्लीका अन्य अस्पतालमा पनि हडताल भएको छ ।उनीहरुले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । अनुशन्धानको जिम्मा पाएको सिबिआईले अहिलेसम्मको अनुसन्धान र डाक्टरका सहकर्मीहरूको बयानबाट थाहा पाएको छ कि मानव अंगको अवैध व्यापारको पर्दाफास गर्ने प्रयास रोक्न प्रशिक्षार्थी डाक्टरलाई बाटोबाट हटाइयो थियो ।

एजेन्सीले शनिबार १३ जनालाई सोधपुछ गरेको थियो । दुई दिनमा १९ जनासँग सोधपुछ गरिसकेको छ। जसमा अस्पतालबाट मानव अंग तस्करीको ¥याकेट चलेको आधाभन्दा बढीले जानकारी दिएका छन् । यसमा राजनीतिक दलका नेता र डाक्टरहरु नै सम्लग्न छन् । आरजी कार मेडिकल कलेजमा ९ अगस्टको त्यो कालो रात । जहाँ ह्दय नै छियाँछियाँ पार्ने कुर्कत्य घटना भएको छ । पीडितको पोस्टमार्टम रिपोर्टले सबैलाई चकित बनाएको छ ।

रिपोर्टमा डाक्टरलाई बलात्कार मात्रै गरिएको थिएन ।वास्तवमा, त्यसअघि उनलाई नराम्ररी पिटिएको थियो। उनलाई यति हदसम्म कुटिएको थियो कि उनको शरीरका हरेक भागमा चोटका निशान थिए । पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको हात र अनुहारमा टोकेको निशान भेटिएको छ । उनको चस्माबाट सिसाका टुक्रा आँखाभित्र पसेका थिए । यति मात्र होइन आरोपीले पीडितको टाउको पनि भित्तामा बजारेका थिए ।

यसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो । पिडितको टाउको भित्तामा प्रहार गर्दा आरोपीले उनको मुख थिचेका थिए । यति मात्र होइन, आरोपीले प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गर्दा क्रूरताको हद नाघेको थियो । उनको प्राइभेट पार्टमा चोटका निशानहरू फेला परेका छन्, जसले बलात्कारको पुष्टि गर्छ । मेडिकल कलेजको सेमिनार हलभित्रै उनीमाथि निर्मम कुटपिट भएको थियो ।

निर्मम कुटपिट र यौन दुव्र्यवहार गरेपछि प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गरेका थिए । आरोपीको हात र अनुहारमा टोकेको निशान पनि भेटिएको छ, जसले पीडितले आफूलाई बचाउन विरोध गरेको देखाउँछ। रिपोर्टमा मृत्युको समय शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म रहेको बताइएको छ । बंगाली दैनिक आनन्दबजार पत्रिकाको रिपोर्ट अनुसार पीडित महिलाले पेरिस ओलम्पिकमा नीरज चोपडाको प्रतियोगिता राती २ः३० मा आफ्ना चार सहकर्मीसँग डिनर गर्नुअघि हेरेकी थिइन् ।

यसपछि उनी सेमिनार हलमा आराम गर्न पुगिन् । प्रहरीले सात कनिष्ठ डाक्टरको बयान लिइसकेको छ, जसमध्ये चार जनाले पीडितसँग डिनर गरेका थिए। यस मामिलामा, सरकारी आरजी कार मेडिकल कलेज र अस्पतालका प्रिन्सिपल सन्दीप घोष सीबीआईको केन्द्रमा आए, जसलाई एक जुनियर डाक्टरको बलात्कार र हत्यालाई आत्महत्यामा बदल्न खोजेको आरोप छ।

कलेजका प्रिन्सिपलले यो बलात्कार–हत्याको घटनालाई आत्महत्यामा परिणत गर्न खोजेका थिए । तर उनी असफल भए । डाक्टरलाई न्यायको लागि देशभरि प्रर्दशन चर्किएपछि कलेजका प्रिन्सिपल घोषले घटनाको चार दिन पछि आफ्नो पदबाट राजीनामा दिएका थिए ।उनीसँग सीबीआईले लगातार सोधपुछ गरिरहेको छ ।

हत्यापछि पक्राउ परेका मुख्य अभियुक्त सञ्जय रोय घर गएर लामो समय सुतेको प्रहरीले जनाएको छ । सञ्जय रोयको आरजी कार मेडिकल कलेज र अस्पतालसँग कुनै सम्बन्ध थिएन। तर उनी त्यहाँ बारम्बार आउने गर्दथे । समाचार एजेन्सी पीटीआईका अनुशार उनले प्रमाणहरू हटाउनका लागि लगाएका लुगाहरू धोएका थिए। खोजीका क्रममा उनको जुत्ता फेला परेको थियो जसमा रगतको दाग थियो ।

Tags: #कोलकाताको हृदय विदारक घटना

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.