त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।

एउटा चर्चित उक्ति छ : देशको आन्तरिक विमानस्थलमा लागेको यात्रुहरूको भिडले जनताको समृद्धि प्रस्ट्याउँछ । अनि, देशको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने यात्रुहरूको भिडले मुलुकको गरिबी देखाउँछ ।

हो, अहिले संचालनमा रहेको देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि होस् या रोजगारीका लागि विदेसिने युवाको लर्कोले नेपालको गरिबीमात्र नभएर समृद्धिलाई समेत पछि धकेलिरहेको छ । यसले मुलुकको सम्भावनाप्रति सकारात्मक सोचको अभावलाई पनि उदांगो पारेको छ ।

पछिल्लो समय देशको प्रमुख समस्याका रूपमा युवा पलायनलाई लिने गरिएको छ । छेपारोको रङ जसरी भएको परिवर्तनबाट बनेका सरकारले युवालाई देशमै राख्ने नीति तथा कार्यक्रमहरू तर्जुमा गर्ने बताए पनि अहिलेसम्म त्यसको आभास युवाले महसुस गर्न सकेका छैनन् ।

यसैले पनि देशबाट बाहिरिनेहरूको संख्या दिनानुदिन बढ्दो छ । परिवारको भरणपोषणका लागि विदेसिएकाहरू शव बनेर फर्किनेहरूको ‘ग्राफ’ पनि बढ्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार मान्ने हो भने अहिले वार्षिक सरदर ६ लाखभन्दा बढी युवा नेपालबाट काम गर्नकै लागि विदेशिने गरेका छन् । अध्ययन गर्ने अनुमति लिएर थप एक लाख गरी बर्सेनि सात लाख युवाले नेपाल छोड्ने गरेका छन् । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा मात्रै गएको आर्थिक वर्षमा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यसरी विदेसिनेहरूले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप धान्दै छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यो विमानस्थलमा बर्सेनि १० देखि १५ प्रतिशतसम्म हवाई यात्रुको चाप बढ्दै गएको छ ।

बर्सेनि यात्रुको संख्या बढ्दै जाँदा यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको छ । उडान चहलपहलले एकातिर विमानस्थल साँघुरो हुँदै गएको छ भने अर्कोतर्फ वार्षिक १० लाखभन्दा बढीले हवाई यात्रुको स‌ंख्या बढ्दै जाँदा जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्था आएको छ । यसले हवाई सुरक्षामा ठुलो चुनौतीलाई औंल्याएको छ ।

नागरिक उड्यन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन विमानस्थलबाट ८६ लाख ९१ हजारभन्दा बढी यात्रुले हवाई सेवा लिएका थिए, जुन हालसम्मकै सबैभन्दा उच्च संख्या हो ।

तर, अब यो वर्ष नयाँ रेकर्ड कायम हुने अनुमान गरिएको छ । सन् २०२४ को ६ महिनामा मात्रै यो विमानस्थलबाट ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका छन् ।

उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ जना र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरिसकेका छन् । अहिलेकै अनुपातमा यात्रुको संख्या बढ्दै गए यस वर्ष करिब ९५ लाख यात्रुले हवाई सेवा लिने देखिएको छ ।

विकल्पका रूपमा निर्माण भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनआउन सकेका छैनन् ।

त्यसबाहेक विदेश जानेको लर्को, नजिकिँदो चाडपर्व र पर्यटकीय सिजनका कारण पनि यस विमानस्थलबाट हवाई सेवा लिनेहरूको चाप थामिनसक्नुको भएको हो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनीसहित नौवटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा दिँदै आएका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top