७ मंसिर , काठमाण्डौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सहरुले विमानस्थल विस्तारका क्रममा हुने विमानस्थल बन्दको अवस्थालाई कारण देखाउँदै अचाक्ली रुपमा भाडा बढाएपछि चौतर्फी आलोचनाका बीच सरकारले निर्देशन दिएपछि कम्पनीहरुले भाडा बुझाएका हुन् । यस्तै नेपाल एयरलाइन्सले अवाइ भाडा घटाएको… Continue reading ११ एयरलाइन्सले बुझाए भाडा दर
Tag: #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे
३ भदौ, विराटनगर । एउटा चर्चित उक्ति छ : देशको आन्तरिक विमानस्थलमा लागेको यात्रुहरूको भिडले जनताको समृद्धि प्रस्ट्याउँछ । अनि, देशको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने यात्रुहरूको भिडले मुलुकको गरिबी देखाउँछ । हो, अहिले संचालनमा रहेको देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि होस् या रोजगारीका लागि विदेसिने युवाको लर्कोले नेपालको गरिबीमात्र नभएर समृद्धिलाई समेत… Continue reading त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे
विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ
२ असार, काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्वरी छन्। शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको… Continue reading विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ
भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा अध्यागमन कार्यालयको कडाई
२ असार, काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको… Continue reading भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा अध्यागमन कार्यालयको कडाई
अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी
३१ वैशाख , काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्कर पक्राउ परेका छन् । आइतबार ५ किलो सुनसहित दुई भारतीय युवा पक्राउ परेका हुन् । उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्… Continue reading अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी
जब विमान चढ्न लागेका ११७ श्रमिकलाई रोकियो….
२८ असार, एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ। उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई फर्काइएको… Continue reading जब विमान चढ्न लागेका ११७ श्रमिकलाई रोकियो….
क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
१५ मंसिर ,काठमाडौं । क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बिहिबार ११ बजेदेखी नागरिक उड्डयन प्राधिकरणले क्यालिब्र्रेसन उडान सञ्चालन गरेको थियो । मध्यान्ह १ बजे क्यालिब्र्रेसन यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ । क्यालिब्रेशनका कारण आधा घण्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल… Continue reading क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
विमानस्थलबाट सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा टासेर ल्याएको २३७.४ ग्राम सुन बरामद
१८ असार,काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।शुक्रबार राति करिब साढे ८ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका एक जना यात्रुलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। ती यात्रु बैंककबाट काठमाडौं आएका थिए।राकेश तुलाधर नाम गरेका यात्रुले एउटा सुटकेश बोकेका थिए। उनले बोकेको सुटकेश… Continue reading विमानस्थलबाट सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा टासेर ल्याएको २३७.४ ग्राम सुन बरामद
त्रिभुवन विमानस्थलमा सेम्पोको बट्टामा लुकाइएको सुन फेला
१० असार,काठमाण्डत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेम्पोको बट्टा खोल्दा सुनको सिक्री फेला परेको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा सेम्पोको बट्टामा सिक्री भेटिएको हो । सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनीहरूले ल्याएको मालवस्तु विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा सेम्पोको बट्टाभित्र सिक्री भेटिको भन्सार प्रमुख… Continue reading त्रिभुवन विमानस्थलमा सेम्पोको बट्टामा लुकाइएको सुन फेला