Nepal Times
Nepal Times
3
Shares

विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ

विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ

२ असार, काठमाडौँ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.