भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीसँगको भेटघाटपछि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका छन् ।

सोमबार बिहान भलिबल खेलाडीसँग करिब दुई घण्टा व्यतीत गरेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराए । खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको उनले बताए ।

Advertisement

उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए । खेलाडीले त्यसका निम्ति प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

भलिबल खेलको विकासका निम्ति प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरे । उनले भने, ‘सरकारको ढुकुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरूको मनोबल छ, त्यो साकार होस् । हामीले खेल खेल्ने जित्नकै लागि हो । त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस्, सफलता पक्कै मिल्नेछ ।’

Advertisement

प्रधानमन्त्री ओलीले गएको महिना रुसी महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गरे । विश्वस्तरका खेलाडीबाट गरिएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको उनले बताए ।

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवम् खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘ब्रेकफास्ट’सँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलोपटक यसप्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top