×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा : के भन्छ पोखरा महानगर ?

३ भाद्र २०८१

३ भदौ, विराटनगर ।

पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्ले अहिले चर्चामा छिन् ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गाएको गीतका कारण दर्शक-स्रोतामाझ परिचित बनेकी उनी सरुवाको विषयले झन् चर्चित बनिन् ।

महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नम्बर २३ मा सरुवा गरेको छ । आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गर्दै उनले अन्तर्वार्तामा अभिव्यक्ति दिएकी थिइन् ।

यसैले पनि उनको आन्तरिक सरुवा अहिले सामाजिक सञ्जालमा चर्चा र चासोको विषय बनेको छ । उनको अन्तर्वार्ताका कारण पोखरा महानगरपालिकाले विज्ञप्ति निकालेर स्पष्टीकरण नै दिनुपरेको छ । विज्ञप्तिमा महानगरले नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top