आरजुसँग भेटेपछि एस जयशंकरले के भने ?

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर । 

पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट भएको छ । सोमबार भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता भएको हो ।

आरजुसँगको भेटपछि भारतीय विदेश मन्त्री एस जयशंकरले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा आफूहरूबीच छलफल भएको बताए ।

Advertisement

उनले सामाजिक सञ्जालमा एक्समा लेखेका छन्, ‘नेपालको पहिलो औपचारिक विदेश भ्रमणमा रहनुभएकी राणालाई स्वागत छ । हामीबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भयो । नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुशी लागेको छ, यो एउटा नयाँ कोशेढुंगा हो । हाम्रो छिमेकी पहिलो नीति र अद्वितीय व्यक्ति-जनता र सांस्कृतिक जडानले हाम्रो सम्बन्धलाई अगाडि बढाउँछ ।

यता, परराष्ट्रमन्त्री राणाले आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

Advertisement

परराष्ट्रमन्त्री राणा पाँच दिने भ्रमणका लागि आइतबार भारत पुगेकी थिइन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो । आजै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top