फिलिपिनी जहाजले चिनियाँ जहाजलाई ठक्कर दिएपछि……

२ भदौ ८१, सोमबार

३ भदौ , एजेन्सी ।

दक्षिण चीन सागरमा एक पटक फेरि तनाव बढेको छ । आज विहान सो क्षेत्रमा चिनियाँ जहाजलाई फिलिपिन्सको एक जहाजले ठक्कर दिएको छ । चिनियाँ तटरक्षक बलले फिलिपिन्सको जहाजले चिनियाँ चेतावनीको बावजुद आफ्नो जहाजलाई धक्का दिएको दाबी गरेको छ । यो ठक्कर फिलिपिन्सले जानीजानी दिएको पनि चिनियाँ पक्षको आरोप छ ।

साथै फिलिपिन्सले आफ्नो जलक्षेत्रमा घुसपैठ गरेको पनि चीनले आरोप लगाएको छ । चिनियाँ तटरक्षक बलले यसको भिडियो पनि सामाजिक संजादलमा सार्वजनिक गरेको छ । भिडियोमा सोमबार विहान दक्षिण चीन सागरमा दुई जहाजहरु आपसमा ठोक्किएको देखिएको छ । यसमा चिनियाँ जहाजलाई तटरक्षक बलको जहाज भएको बताइएको छ ।

Advertisement

चीनको समुद्री सुरक्षा बलले भनेको छ कि फिलिपिन्सको जहाजलाई सबीना जल क्षेत्रमा प्रवेश निषेध गरिएको छ । तर त्यसको बावजुद पनि उसको जहाज सेकेन्ड थमस शोल जलक्षेत्रमा प्रवेश गरेको चिनियाँ पक्षले आरोप लगाएको छ । चिनियाँ तटरक्षक बलका प्रवक्ता गान यूले भनेका छन्, २ फिलिपिनी तटरक्षक जहाजहरुले बिना अनुमति चीनको जलक्षेत्रमा अवैध घुसपैठ गरेका छन् ।

उनले भने, फिलिपिन्सले पटक पटक दुई देशको बीचमा बनाइएको अस्थायी व्यवस्थाको उल्लंघन गरिरहेको छ । चिनियाँ पक्षबाट भनिएको छ, घटनापछि कानून अनुसार फिलिन्सिका जहाजहरुविरुद्ध नियंत्रणका लागि उपाय गरियो र फिलिपिन्सलाई उल्लंघन रोक्नका लागि र परिणाम भोग्नका लागि पनि चेतावनी दिइएको छ । केही दिनअघि मात्रै चीन र फिलिपिन्सबीच एक सम्झौता भएको छ ।

Advertisement

जसले दक्षिण चीन सागरमा एक द्वीपको सबैभन्दा विवादित क्षेत्र ’सेकेण्ड थमस शोल’ मा टकराब अन्त्य हुने आशा गरिएको थियो । ’सेकेण्ड थमस शोल’ फिलिपिन्सको कब्जामा छ तर चीनले पनि यसमा दाबी गर्दै आएको छ । फिलिपिन्स र चीनबीच भएको सम्झौताको उद्देश्य कुनै पनि पक्षको क्षेत्रीय दाबीलाई स्वीकार नगरिकनै यस्तो व्यवस्था बनाउनु हो, जुन दुवै पक्षका लागि स्वीकार्य हुनेछ ।

चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ । तर उसंग यो दाबीका लागि कुनै पनि कानूनी आधार भने छैन । हेग स्थित स्थायी मध्यस्थता न्यायालयले २०१६ मा एक निर्णय गरेको थियो, जसमा स्पष्ट गरिएको छ कि यो क्षेत्रमा चीनका दाबीमा कुनै कानूनी आधार छैन । यो निर्णय संयुक्त राष्ट्र समुद्री कानून सम्मेलन (यूएनसीएलओएस)मा आधारित थियो । यद्यपी, चीनले यसलाई अस्वीकार गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top