×

NEPAL TIMES UPDATES

Playing
अमेरिकामा परमाणु मिसाइल टेस्ट, युद्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर

३ भाद्र २०८१

३ भदौ , एजेन्सी ।

ला लिगा सिजनको पहिलो खेलमा आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी फायर भएका छन् । उनले मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन् । १३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए । ‘आज म खुसी छैन । मलाई लाग्छ हामीले अझ राम्रो गर्न सक्थ्यौं,’ निराश एन्सेलोट्टीले खेलपछि भने, ‘हामी अधिक एकाग्र हुन र एक समूहको रूपमा खेल्न आवश्यक छ । यो फिटनेसको समस्या होइन, मानसिक समस्या हो।’ एन्सेलोट्टीले आफ्नो टोलीको डिफेन्डरको विशेष आलोचना गर्दै थप अनुशासित प्रदर्शनको खाँचो रहेको बताए ।

उनले रियलले आफ्नै गल्तीका कारण सजिलै हार बेहोर्न सक्ने भन्दै आफ्ना खेलाडीलाई शनिबारको गल्तीबाट छिटो सिक्न आग्रह गरे । ‘अग्रता लिँदै खेलमा राम्रो सुरुआत गरेका थियौं। तर, त्यसपछि दोस्रो गोल गर्ने मौका गुमायौं। हामीले दोस्रो हाफमा सन्तुलन मिलाउन सकेनौं। त्यसैले हार्न पुग्यौं। यो राम्रो खेल थिएन । हामीले अझ राम्रो प्रतिरक्षा गर्न आवश्यक छ । हामी धेरै आक्रामक टोली हौं, तर रक्षात्मक सन्तुलन हुन जरुरी हुन्छ,’ उनले भनेका छन् ।

मिडविकमा डेब्यु गरेका स्टार स्ट्राइकर किलियन एमबाप्पेको यो रियलका लागि दोस्रो खेल थियो । ला लिगामा भने यो उनको डेब्यु खेल हो । तर, उनको डेब्यु राम्रो हुन सकेन । युइएफए सुपर कपअन्तर्गत बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गर्दा उनले एक गोल गरेका थिए । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एटलान्टाविरुद्ध रोड्रिगो, भिनिसियस जुनियर र एमबाप्पलाई अट्याकिङ लाइनमा उतारेका थिए ।

उता नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल विवादमा परेको छ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले २–१ गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक–एक गोल गरे ।

खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफभरि अग्रता दिलाए । खेलको ८४औं मिनेटमा कोभासिसले गोल गरेपछि सिटी २–० गोलले विजयी भएको हो । त्यसअघि खेलको ७६औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र कोभासिचको ह्यान्डबल भएको भन्दै चेल्सी समर्थकहरूले विवाद सुरु गरेका हुन् । कोभासिच पेनाल्टी क्षेत्रमा बलका लागि प्रतिस्पर्धा गरिरहँदा गुस्तोले बल प्रहार गरेका थिए । बल कोभासिचको कुहिनोमा लाग्यो ।

नजिकै रहेका रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिएनन् । र, पछि भिएआरले यो निर्णयलाई समर्थन ग¥यो । भिएआरले रेफ्री एन्थोनी टेलरको निर्णयलाई पुष्टि ग¥यो किनभने कोभासिच धेरै नजिकको दूरीमा थिए र दण्डित हुन सक्ने अवस्थामा थिएनन् । तर, बलले कोभासिचको कुहिनोमा लागेको भन्दै चेल्सीका खेलाडीले पेनाल्टीको अपिल गरेका थिए । चौतर्फी विवाद भएपछि इंग्लिस प्रिमियर लिगले समेत पेनाल्टी नभएको आधिकारिक धारणा प्रकट गरेको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top