×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

नेपालको बिजुलीले विहार झिलिमिली,विद्युत बेच्ने १२ आयोजना कुन

३ भाद्र २०८१

३ भदौ , विराटनगर ।

नेपालको कहालिलाग्दो १८ घण्टाको लोडसेडिङ भोगेको विगतको स्मृति अझै ताजै छ । तर अन्धकारका ती दिन इतिहास बनिसकेका छन् । अहिले नेपालको अवस्था फेरिएको छ। हिउँद बर्खा नै भारतबाट विद्युत आयात गर्ने नेपाल अब भारतलाई आयातभन्दा बढी निर्यात गरेर खुद विद्युत निर्यातकर्ता बनेको छ । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा रहेकै मौका पारेर भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिरहदा नेपालस्थित भारतीय दूताबासले भारतले नेपालबाट थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको थियो । यस मध्य पनि नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको हो ।

यसअघि भारतले ६ सय ९० मेगावाट बिजुली खरिदको स्वीकृति दिएकोमा अहिले २ सय ५१ मेगावाट थपेर कुल २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली किन्ने भएको हो । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गएको आर्थिक वर्षमा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ।

नेपालले द्विपक्षीय सम्झौतामा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५.००४ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार १० जलविद्युत आयोजनाहरूबाट उत्पादित १२५.००४ मेगावाट विद्युत बिहारलाई बेच्नेछ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। यस्तै २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यलाई बिक्री गर्नेछ।

प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ। नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ। योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेका प्राधिकरणले जनाएको छ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाा ७२ पैसा (५.४५ भारु) रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु भने प्राधिकरणले बेहोर्नु नपर्ने जनाएको छ।

भारतले ११.६४ मेगावाटको दोर्दी, ११४.४५३ मेगावाटको मायाखोला र ९.९९१ मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाबाट विजुली लैजानेछ। त्यसैगरी, १०.६७ मेगावाटको तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती, २,१४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारमा निर्यात हुनेछ।

बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत निर्यात गरिने उल्लेख गरिएको छ। ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत हरियाणा राज्यमा बिक्री गरिनेछ। प्राधिकरणले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरेको थियो।

तर, यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रूपैयाँ आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात भएको थियो। आरजुसँगको भेटवार्तापछि जयशंकरले समेत नेपालबाट आयात गर्ने बिजुलीको विषय उठान गर्दै यो कोशेढुङ्गा सावित हुने उल्लेख गरेका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय बैठकपछि उनले उक्त खुसी व्यक्त गरेका हुन् । “नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो,” नेपाल–भारत द्विपक्षीय बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा भारतमा राणालाई स्वागत गर्न पाउँदा पनि खुसी लागेको जनाएका छन् ।

“ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,” परराष्ट्रमन्त्रीसँगको बैठकपछि भारतीय विदेशमन्त्रीले भनेका छन् । परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । “एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो ।

द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् । आफ्नो भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले लिएको उनले बताएकी छन् । परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् ।

त्यसोत इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भने भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको जनाइएको छ । जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय सरकारको भनाइ छ ।

यसअघि बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो । तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित हुन पुगेको थियो । परराष्ट्र मन्त्रीको भारत भ्रमणकै समयमा भारतले बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृति बारे ? आफना विचारहरु अवश्य व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top