NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी) बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

मोदी युक्रेन जाने,बढाए पुटिनको धड्कन, भए अवसरवादी

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन लगत्तै मोदीको ट्वीट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ , एजेन्सी ।

भारत र रुस तथा नरेन्द्र मोदी र भ्लादिमिर पुटिनबीचको प्रगाढ सम्बन्धको बारेमा विश्व नै जानकार छ । तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले मोदीको आलोचना गरेको केही हप्ता नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले आज जनाएको छ । मोदीको अचानक किभको भ्रमण घोषणालाई लिएर रुस मात्रै होइन अमेरिका र पश्चिमा समेत झस्किएका छन् ।

अब मोदीले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलोनेस्कीलाई अगाँले हाल्दै पुटिनको सन्देश सुनाउँछन् कि पुटिनको धड्कन बढाउने गरी अर्काे सन्देश प्रवाह गर्छन् भन्ने विषय चाँही प्रतिपक्षाकै विषय बनेको छ । मोदीको युक्रेन भ्रमण यस्तो बेला घोषणा गरिएको छ । जतिबेला एक हजार किलोमिटर रुसको कब्जामा रहेका क्षेत्रहरु युक्रेनले नियन्त्रणमा लिएको छ ।

LS Auto

जहाँ रुसी सेनासमेत युक्रेनको बन्धक बनेका छन् । रुसको नयाँ भूमिसँगका लाइफलाइन बनेका दुई महत्वपूर्ण पुलहरु युक्रेनको ध्वस्त बनाएको छ । पुटिनको यो पीडामा सबैभन्दा निकट मानिने भारत र मोदीले शत्रु राष्ट्रको भ्रमणको घोषणा गरेर पुटिनको आलो घाउमा झनै नूनचुकको काम गरेको छ । रुससँगको द्वन्द्व र मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको करिब एक महिनापछि मोदीको यो युद्धग्रस्त देशको पहिलो भ्रमण हुनेछ।

भ्रमणको विवरण दिन पछि सार्वजनिक गरिने रोयटर्सले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ । मोदीले अगस्ट २१ र २३ को बीचमा युक्रेन भ्रमण गर्ने अपेक्षा गरिएको छ । मोदीले रुस र अस्ट्रियाको भ्रमण गरेको एक महिनापछि युक्रेनको भ्रमण तय भएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरुले मस्कोमा प्रतिबन्धहरू लगाएका छन्, तर भारत र चीन जस्ता मित्र राष्ट्रहरूले रुससँग व्यापार जारी राखेका छन् ।

मस्कोसँग आफ्नो देशको ऐतिहासिक न्यानो सम्बन्ध कायम राख्ने र क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमा राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारी कायम गर्नेबिचको सन्तुलनलाई कमजोर बनाएको आरोप मोदीमाथि लाग्ने गरेको छ । मोदीसरकारले द्वन्द्व सुरु भएको दुई वर्षभन्दा बढी अवधिमा युक्रेनमा रूसले गरेको आक्रमणको स्पष्ट विरोध गरेको छैन तर दुवै पक्षलाई वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

जुलाईमा युक्रेनका विभिन्न शहरमा रूसी आक्रमणका कारण तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र किएभस्थित एक बाल अस्पतालमा ठूलो क्षति भएको केही घण्टापछि मोदीको मस्को भ्रमण भएको थियोे । जसको युक्रेन र केही पश्चिमा राष्ट्रहरुले आपत्ति जनाएका थिए । भारत र रूसबिच शीतयुद्धदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ, जसका कारण क्रेमलिन भारतलाई हतियार उपलब्ध गराउने प्रमुख राष्ट्र बनेको छ ।

युक्रेन द्वन्द्व सुरु भएदेखि रूस मूल्य कटौतीसहितको कच्चा तेलको भारतका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन सहयोग गरेको छ भने सहुलियत दरको कच्चा तेलको आयातले भारतको अर्बोँ डलर बचत गरेको छ । तर रूसको युक्रेनसँगको लडाइँमा भारतको पनि मानवीय क्षति भएको छ । यस द्वन्द्वमा कम्तीमा पाँच भारतीयको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ना भएका भारतीयहरुलाई फिर्ता गर्न मोदीले माग गरेपनि अझै त्यसको कार्यान्वयन भने भएको छैन् । युक्रेनसँग चलिरहेको युद्धमा भारतले रुसलाई प्रत्यक्ष रूपमा दोष लगाउनबाट जोगाएको छ । मस्कोले यो युद्धलाई विशेष सैन्य अपरेशन भनिन्छ। अमेरिकाले रुससँगको भारतको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरेको छ, विशेषगरी चीनको बढ्दो प्रभावको बीचमा वाशिङटनले नयाँ दिल्लीसँगको सम्बन्धलाई बलियो बनाउन खोजिरहेको बेला। नयाँ दिल्ली आफ्नो पुरानो मित्र रुससँगको सम्बन्ध कायम राख्दै पश्चिमासँगको सम्बन्ध बलियो बनाउन चाहन्छ ।

Tags: #मोदी पुटिनका दूत ?

लोकप्रीय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

आर्थिक

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
ताजा समाचार

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.