मोदी युक्रेन जाने,बढाए पुटिनको धड्कन, भए अवसरवादी

४ भदौ , एजेन्सी ।

भारत र रुस तथा नरेन्द्र मोदी र भ्लादिमिर पुटिनबीचको प्रगाढ सम्बन्धको बारेमा विश्व नै जानकार छ । तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले मोदीको आलोचना गरेको केही हप्ता नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले आज जनाएको छ । मोदीको अचानक किभको भ्रमण घोषणालाई लिएर रुस मात्रै होइन अमेरिका र पश्चिमा समेत झस्किएका छन् ।

अब मोदीले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलोनेस्कीलाई अगाँले हाल्दै पुटिनको सन्देश सुनाउँछन् कि पुटिनको धड्कन बढाउने गरी अर्काे सन्देश प्रवाह गर्छन् भन्ने विषय चाँही प्रतिपक्षाकै विषय बनेको छ । मोदीको युक्रेन भ्रमण यस्तो बेला घोषणा गरिएको छ । जतिबेला एक हजार किलोमिटर रुसको कब्जामा रहेका क्षेत्रहरु युक्रेनले नियन्त्रणमा लिएको छ ।

Advertisement

जहाँ रुसी सेनासमेत युक्रेनको बन्धक बनेका छन् । रुसको नयाँ भूमिसँगका लाइफलाइन बनेका दुई महत्वपूर्ण पुलहरु युक्रेनको ध्वस्त बनाएको छ । पुटिनको यो पीडामा सबैभन्दा निकट मानिने भारत र मोदीले शत्रु राष्ट्रको भ्रमणको घोषणा गरेर पुटिनको आलो घाउमा झनै नूनचुकको काम गरेको छ । रुससँगको द्वन्द्व र मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको करिब एक महिनापछि मोदीको यो युद्धग्रस्त देशको पहिलो भ्रमण हुनेछ।

भ्रमणको विवरण दिन पछि सार्वजनिक गरिने रोयटर्सले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ । मोदीले अगस्ट २१ र २३ को बीचमा युक्रेन भ्रमण गर्ने अपेक्षा गरिएको छ । मोदीले रुस र अस्ट्रियाको भ्रमण गरेको एक महिनापछि युक्रेनको भ्रमण तय भएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरुले मस्कोमा प्रतिबन्धहरू लगाएका छन्, तर भारत र चीन जस्ता मित्र राष्ट्रहरूले रुससँग व्यापार जारी राखेका छन् ।

Advertisement

मस्कोसँग आफ्नो देशको ऐतिहासिक न्यानो सम्बन्ध कायम राख्ने र क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमा राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारी कायम गर्नेबिचको सन्तुलनलाई कमजोर बनाएको आरोप मोदीमाथि लाग्ने गरेको छ । मोदीसरकारले द्वन्द्व सुरु भएको दुई वर्षभन्दा बढी अवधिमा युक्रेनमा रूसले गरेको आक्रमणको स्पष्ट विरोध गरेको छैन तर दुवै पक्षलाई वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

जुलाईमा युक्रेनका विभिन्न शहरमा रूसी आक्रमणका कारण तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र किएभस्थित एक बाल अस्पतालमा ठूलो क्षति भएको केही घण्टापछि मोदीको मस्को भ्रमण भएको थियोे । जसको युक्रेन र केही पश्चिमा राष्ट्रहरुले आपत्ति जनाएका थिए । भारत र रूसबिच शीतयुद्धदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ, जसका कारण क्रेमलिन भारतलाई हतियार उपलब्ध गराउने प्रमुख राष्ट्र बनेको छ ।

युक्रेन द्वन्द्व सुरु भएदेखि रूस मूल्य कटौतीसहितको कच्चा तेलको भारतका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन सहयोग गरेको छ भने सहुलियत दरको कच्चा तेलको आयातले भारतको अर्बोँ डलर बचत गरेको छ । तर रूसको युक्रेनसँगको लडाइँमा भारतको पनि मानवीय क्षति भएको छ । यस द्वन्द्वमा कम्तीमा पाँच भारतीयको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ना भएका भारतीयहरुलाई फिर्ता गर्न मोदीले माग गरेपनि अझै त्यसको कार्यान्वयन भने भएको छैन् । युक्रेनसँग चलिरहेको युद्धमा भारतले रुसलाई प्रत्यक्ष रूपमा दोष लगाउनबाट जोगाएको छ । मस्कोले यो युद्धलाई विशेष सैन्य अपरेशन भनिन्छ। अमेरिकाले रुससँगको भारतको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरेको छ, विशेषगरी चीनको बढ्दो प्रभावको बीचमा वाशिङटनले नयाँ दिल्लीसँगको सम्बन्धलाई बलियो बनाउन खोजिरहेको बेला। नयाँ दिल्ली आफ्नो पुरानो मित्र रुससँगको सम्बन्ध कायम राख्दै पश्चिमासँगको सम्बन्ध बलियो बनाउन चाहन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top