विराटनगर : राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका छन् । प्रदेश नं २ का राजपाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयहरुमा कालो झण्डा समेत गाडेका छन् ।
मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै कालो दिन मनाउने कार्यक्रम अन्तर्गत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका हुन् ।
राजपाका मन्त्रीहरु समेत संविधानको विरोधमा आयोजना भएको कार्यक्रममा सहभागी जनाए ।प्रदेश नं १ मा भने राजपाका कार्यकर्ताले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्दै कोण सभा गरेका छन् ।
सुनसरीको इनरुवा, विराटनगर लगायतका ठाउँहरुमा विरोध सभा गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।