पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र छोरी मरियम रिहा

३ असोज ७५, बिहीबार

बुधवार,असोज ४
इस्लामावाद उच्च अदालतले पाकिस्तानकका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनका परिवारका दुई जनाको जेल सजाय खारेज गरिदिएको छ । भष्ट्राचारको मुद्दामा जेल चलान भएका पाकिस्तानी पूर्व प्रधानमन्त्री र उनका परिवारका सदस्यको जेल सजाय अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

गएको जुलाईमा लण्डनमा रहेको फ्ल्याटको स्रोत खुलाउन नसकेपछि शरीफसहित परिवारका अन्य दुई सदस्यलाई अदालतले जेल सजाय तोकेको थियो । नराज शरीफ, उनकी छोरी मरियम र ज्वाईँलाई अदालतले भष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको थियो ।

बुधबार इस्लामावादको उच्च अदालतले नवाज शरीफलाई लगाइएको भष्ट्राचारको मुद्दामा पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था, ‘नेशनल एकाउन्टिबिलिटी ब्यूरो’ले आवश्यक प्रमाण नजुटाएको भन्दै शरीफलाई जेलमुक्त गर्न आदेश दिएको हो ।

नवाज शरीफलाई गएको जुलाईमा १० वर्ष जेल सजाय र १०.५ मिलियन डलर जरिवाना सुनाइएको थियो । त्यस्तै उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय र २.६ मिलियन डलर सजाय र ज्वाई सफदारलाई एक वर्ष कैद सजाय सुनाइएको थियो ।

उनलाई सार्वजनिक संस्थाहरु चलाउन प्रतिबन्ध गरिएको छ । त्यहाँको सर्वोच्च अदालतले गएको अप्रिलमा शरीफले संसदमा आफ्नो निजी सम्पत्ति सार्वजनिक गर्दा गलत तथ्य दिएको जनाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top