४ भदौ, विराटनगर ।
अमेरिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए एलन मस्कलाई सल्लाहकार बनाउन तयार भएको कुरा पुनः एकपटक दोहोर्याएका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले केही महिनाअघि नै यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने बताएका थिए ।
न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पलाई के तपाईं मस्कलाई सल्लाहकार अथवा क्याबिनेट पद दिनका लागि विचार गरिरहनुभएको छ ? भन्ने प्रश्न सोधिएको थियो ।
यसपटक राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार रहेका ट्रम्पले जवाफमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।
ट्रम्पले टेस्लाका मालिक मस्कको प्रशंसामा उनले भनेका छन्, ‘मस्क एक बुद्धिमान व्यक्ति हुन् । उनले चाहेमा अवश्य पनि यस्तो विचार गर्नेछु ।’
टेस्ला र स्पेस्क एक्सका मालिक एलन मस्कले हालै सामाजिक सञ्जाल एक्समा डोनाल्ड ट्रम्पको अन्तर्वार्ता लिएका थिए ।
पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् । मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् ।