कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर । 

आगामी दुई सातापछि बस्नेगरी कोशी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले भदौ १४ गते बस्नेगरी प्रदेशसभा बैठक डाकेका हुन् ।

चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक पुनः बस्न सकेको थिएन । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि असन्तुष्टि व्यक्त गरेपछि बैठक डाकिएको हो ।

Advertisement

यसअघि भने सभामुख विष्टले भने नेपाली कांग्रेस सरकारमा सहभागी भइनसकेकाले उसलाई सत्तापक्षमा राखि कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए ।

तर, एमालेका सांसदहरूले पनि बैठक राख्न  चर्को दबाब दिएपछि सभामुखले बैठक बोलाएका हुन् । बैठक भदौ १४ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

(यसअघि प्रदेशसभा सचिवालयले भदौ १८ गते भनेर विज्ञप्ति जारी गरेको र पछि फेरि सच्याइएकोले समाचारमा पनि सच्याइएको छ-सम्पादक)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top