×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

जर्मनी र स्वीसका सान गुन्डोगान र सोमरले लिए सन्यास

४ भाद्र २०८१

४ भदौ ,एजेन्सी ।

जर्मनीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । गत वर्ष म्यानचेस्टर सिटीबाट बार्सिलोनामा प्रवेश गरेका गुन्डोगानले सन् २०११ मा जर्मनीका लागि डेब्यु गरेका थिए । त्यसता राष्ट्रिय टोलीबाट ८२ खेल खेलेका उनले १९ गोल गरे । गुन्डोगानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही हप्ताको विचारपछि अब मेरो राष्ट्रिय टोलीको करियर अन्त्य गर्ने समय आएको छ भन्ने निष्कर्षमा पुगेको छु।’

Advertisement
Advertisement

गुन्डोगानले युरो कप २०२४ मा जर्मनीका लागि सबै पाँच खेल खेलेका थिए । उनको अन्तिम अन्तर्राष्ट्रिय खेल विजेता स्पेनसँग क्वार्टरफाइनलमा पराजित हुनु थियो । यता स्विट्जरल्यान्डका नम्बर वान गोलरक्षक यान सोमरले एक दशकको लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । यानले सोमबार ३५ वर्षको उमेरमा सन्न्यास लिएका हुन् । यानको सन्न्याससँगै बोरुसिया डर्टमुन्डका ग्रेगर कोबेलले पहिलो रोजाइ पोस्ट सम्हाल्नेछन् ।

सन् २०१२ मा स्विट्जरल्यान्डको टोलीमा डेब्यू गरेका यानले तीन विश्वकप र तीन युरो कप खेलेका थिए । गत महिना जर्मनीमा भएको युरो कप २०२४ को क्वार्टरफाइनलमा इङ्ल्यान्डसँग १–१ गोलको बराबरी खेलेपछि उनले ९४ खेलमध्ये अन्तिम खेल पेनाल्टी सुटआउटमा गुमाए । युरो कप २०२० को अन्तिम १६ को खेलमा फ्रान्सलाई ३–३ गोलको बराबरीमा रोकेपछि किलियन एमबाप्पेको पेनाल्टीलाई बचाएर योनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले इटालीमा आफ्नो पहिलो सिजनमा इन्टर मिलानलाई सिरी ‘ए’ जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। बायर्न म्युनिखसँग जर्मनीमा र बासेलसँग स्विट्जरल्यान्डमा चार पटक लिग उपाधि पनि उनले जिते । २६ वर्षीय कोबेलले स्विट्जरल्यान्डका लागि पाँच पटक खेलेका छन् । सन् २०२२ को विश्वकपमा सर्बियामाथि ३–२ को जित हात पार्दा उनले पोस्ट सम्हालेका थिए ।

स्विट्जरल्यान्डले आगामी सेप्टेम्बर ५ र ८ मा डेनमार्क र युरो कप २०२४ को विजेता स्पेनसँग खेल्नेछ । यसैबीच पेरिस ओलम्पिक २०२४ मा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पनि राजीनामा दिएका छन् । फ्रान्सेली फुटबल महासंघले व्यक्तिगत कारण देखाउँदै उनले पदबाट राजीनामा दिएको जानकारी दिएको छ ।

Advertisement

पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि अनुबन्ध गरिएको थियो । उनले टोलीलाई फाइनलमा पु¥याएका थिए । तर, पार्क डेस प्रिन्सेसमा अतिरिक्त समयमा स्पेनसँग ५–३ ले पराजित हुनपुग्यो । फाइनलपछि आर्सनल र बार्सिलोना पूर्वफरवार्डले टोलीसँग रहन नसक्ने बताएका थिए । ओलम्पिमा आफ्नो देशको लागि रजत पदक जित्नु आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धी रहेको उनले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top