मस्कले गरे AI को दूरुपयोग,बनाए ट्रम्प र ह्यारिसको रोमान्स भिडियो

४ भदौ ,काठमाण्डौ ।
यतिबेला महाशक्ति राष्ट्र अमेरिका २ महिनापछि हुने नयाँ राष्ट्रपतिको चटारोमा छ। आगामी राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । चुनावी पोलहरुले अहिलेको अवस्थामा ट्रम्प भन्दा ह्यारिसलाई अग्रस्थानमा रहेको देखाइरहेका छन् । फेरि ट्रम्पको चुनावी अभियानलाई इरानले ह्याक गरेको अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दाबी गरेपछि यी विषय ट्रम्पको टाउको दुखाई बनिरहेका छन् ।

चुनावी सरगर्मीकै बीच ट्रम्पले दिएको केही दिन अघि मात्रै एक चुनावी सभामा आफू हमला ह्यारिस भन्दा कयौं गुणा सुन्दर रहेको भन्ने अभिब्यक्तिको चर्चाकै बीच ट्रम्पलाई ह्यारिससँग रोमान्स गर्दै गरेको अवस्थामा देखाइएको छ । तर यो भिडियो भने अरु कसैले नभएर अमेरिकी अर्बपति तथा ट्रम्पकै समर्थक एलोन मस्कको कम्पनीले बनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट बनाइएको यो भिडियो अहिले भाइरल बनेको छ ।

एआईको आगमनले संसारमा नयाँ परिवर्तन ल्याएको छ। यसले धेरै कार्यहरू सजिलो बनाएको छ र आज यो हरेक क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेको छ। धेरै सकारात्मक उपयोगका साथसाथै यसको नकारात्मक प्रभाव पनि छ। चुनावकै बीचमा ट्रम्प र ह्यारिसको एआई जेनेरेट गरिएको भिडियो सामाजिक सञ्जाल साइटहरूमा सेयर भइरहेको छ। यो भिडियो एक्स मालिक एलोन मस्कको एआई फर्म XAI द्वारा बनाईएको हो ।

Advertisement

मस्क भने ट्रम्पलाई चुनाव जिताउने अभियानमा छन् । चुनावी अभियानकै क्रममा उनले लाखौं डलर सहयोग गर्दै आएका छन् भने ट्रम्पले पनि मस्कलाई मन्त्री बनाउने सम्मको आश्वासन दिएका छन् । केही दिन अघि मात्रै उनले ट्रम्पको अन्तर्वाता समेत लिएका थिए । यता दुई राष्ट्रपतिका उम्मेदवारको रोमान्ससहितको भिडियो बनाउने उपकरण Grok–2  भने अहिले विवादको केन्द्र बनेको छ।

यो भिडियो सार्वजनिक भएपछि मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । वास्तवमा, २०२४ को राष्ट्रपतीय चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस एकअर्काका प्रतिद्वन्द्वी हुन् तर एआई भिडियोमा दुवैलाई प्रेमीका रूपमा देखाइएको छ। एआई भिडियोमा कमला ह्यारिस र ट्रम्प रोमान्स गर्दै देखिएका छन् ।

Advertisement

कतै उनीहरु एकअर्कालाई चुम्बन गरिरहेका छन् त कतै समुद्र तटमा एकअर्कासँग सुन्दर पलहरु बिताइरहेका छन् । भिडियोमा ट्रम्प र कमलाका छोरालाई पनि देखाइएको छ, जसलाई दुवैले खुवाउँदैछन् । यो क्लिपमा मानिसहरूले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्। क्लिपमा ट्रम्पलाई हातमा नेल पालिस लगाएको देखाइएको थियो, जसमा एक प्रयोगकर्ताले ट्रम्पलाई LGBTQ भनेका थिए।

यसबाहेक, धेरै प्रयोगकर्ताहरूले एआईको दुरुपयोग र यसले व्यक्तिको गोपनीयतामा खतराको बारेमा चिन्ता व्यक्त गरेका छन्। एलोन मस्कले आफ्नो  AI Grok–2 धेरै प्रचार गर्दै छन्। यसबाट विभिन्न प्रयोगकर्ताहरूले विभिन्न प्रकारका एआई भिडियो र चित्रहरू बनाउँदैछन्। एक प्रयोगकर्ताले एआईसँग डायपर लगाएको जो बाइडेनको तस्बिर बनाएर सार्वजनिक गरेका थिए ।

यस्ता भिडियो र तस्बिरहरूले मानिसको जीवनमा एआईको प्रयोगले पार्ने प्रभावलाई लिएर प्रश्न उठाइरहेका छन्। केही दिन अघि मात्रै एआईकै दूरुपयोग गरेको अभियोगमा नेपाल प्रहरीले साइबर ब्युरोले बाजुराका एक युवकलाई पक्राउ गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध सुनिताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ ।

तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अनुशन्धान भईरहेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top