NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

मानिसले आफ्नै गुण विर्सिदै गएपछि..

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
मानिसले आफ्नै गुण विर्सिदै गएपछि..
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ , विराटनगर ।

चाहे ढुंगे युगबाट विज्ञानप्रविधिको युग होस्, अन्तरिक्षमा स्टेसन र चन्द्रमा बस्ती बसाल्न भएका प्रयास हुन् वा शक्तिशाली परमाणु, प्राणघातक रोगहरुको औषधी । यस्ता सबै अभुतपूर्व उपलब्धि वा भनौं चमत्कार मानिसको बुद्धि र चेतनामा आएको विकासले गर्दा भएको हो । तर जतिजति मानिस विकासको चुलीमा पुग्दै छ उति नै उ आफ्नो गुण अर्थात मानवीय गुणबाट भने टाढिदै गएको छ ।

यसै संदर्भमा एक यस्तो प्रतिवेदन सार्वजनिक भएको छ, जसले देखाउँछ आज विश्वमै मानवीयता खस्कँदै गएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनान लगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् ।

Advertisement

द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ । सङ्घका अनुसार गत वर्ष अर्थात् सन् २०२३ मानवीयताका हिसाबमा विश्वको अवस्था दर्दनाक रह्यो । गत वर्षको तुलनामा यस वर्ष पनि उस्तै अमानवीयता विश्वले खेप्नुपरेको दृष्टान्त संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

उसका अनुसार मानवीय कार्यमा सक्रिय रहेका मानिसको सङ्ख्या कम हुँदै जानु र मानवीय सेवा लिनेको सङ्ख्या उच्चस्तरले विश्वमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै विभिन्न देशमा बढ्दै गएको हतियारसहितको द्वन्द्वले अमानवीयता बढाएको दाबी गरिएको छ । जसको मूल्य आममानिस र मानवीयताका लागि खटिनेले चुकाउनुपरेको सङ्घले प्रस्ट पारेको छ ।

मानवीय कार्यमा सक्रिय रहेका र मानवीयताका लागि जोडिएको सम्पत्तिमाथि बारम्बार भइरहेको निरन्तरको आक्रमण तत्काल रोक्नुपर्नेमा उसले जोड दिएको छ । विश्व मानवीय दिवसका अवसरमा आममानिस र सार्वजनिक सम्पत्तिको विनाश रोकिनुपर्ने औँल्याउँदै सङ्घले विश्वमा भइरहेका हिंसा, दण्डहीनताको अन्त्य गर्नसमेत माग गरेको छ ।

विश्वका शक्ति राष्ट्रहरूलाई सम्बोधन गर्दै जारी वक्तव्यमा ती शक्तिले आफूले मानवीयता रक्षाको प्रतिबद्धता स्मरण गर्दै हिंसाबाट मानवीयताको यात्रामा सहभागी हुन अपिल गरिएको छ । विश्वका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वमा पीडितको सेवा गर्ने जनशक्तिको अभाव हुँदै गएकाले ती शक्ति राष्ट्रले आमजनता, मानवीय कार्यमा सक्रिय रहेका क्षेत्रमा आक्रमण गर्न छाड्नुपर्ने जिकिर गरिएको छ ।

इजरायल–गाजा युद्धका कारण विगत छ महिनामा मात्र ३० हजार मानिसको ज्यान गएको छ । आक्रमणका क्रममा १५० भन्दा बढी मानवीय कार्यमा सक्रिय रहेका कार्यकर्ता मारिएका छन् । युद्ध र द्वन्द्वमा प्रभावित १४ करोड ६५ लाख मानिसको सहयोगका लागि ४८ अर्ब ६५ करोड अमेरिकी डलर बराबरको खर्च आवश्यक रहेको जनाइएको छ ।

विगत छ महिनामा गत वर्षभन्दा कम १२ अर्ब २६ करोड डलर मात्र प्राप्त हुँदा काम गर्न अप्ठ्यारो परेको स्पष्ट पारिएको छ । पछिल्लो समय सुडानमा भएको आक्रमणपछि त्यहाँका जनताले अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको जनाइएको छ । सन् २०२२ मा भन्दा सन् २०२३ मा मानवीय सेवामा खटिएका दोब्बरले मारिएका छन् । सन् २०२२ मा ११८ जना मारिएका थिए । गत वर्ष २६१ जना मारिएका छन् । अरू ७८ जना बन्धक बनाइएका छन् भने १९६ जना घाइते छन् ।

Tags: #Humanity#मानवीयता#विश्वमै खस्कियो मानवीयता

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.