×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

मानिसले आफ्नै गुण विर्सिदै गएपछि..

४ भाद्र २०८१

४ भदौ , विराटनगर ।

चाहे ढुंगे युगबाट विज्ञानप्रविधिको युग होस्, अन्तरिक्षमा स्टेसन र चन्द्रमा बस्ती बसाल्न भएका प्रयास हुन् वा शक्तिशाली परमाणु, प्राणघातक रोगहरुको औषधी । यस्ता सबै अभुतपूर्व उपलब्धि वा भनौं चमत्कार मानिसको बुद्धि र चेतनामा आएको विकासले गर्दा भएको हो । तर जतिजति मानिस विकासको चुलीमा पुग्दै छ उति नै उ आफ्नो गुण अर्थात मानवीय गुणबाट भने टाढिदै गएको छ ।

Advertisement
Advertisement

यसै संदर्भमा एक यस्तो प्रतिवेदन सार्वजनिक भएको छ, जसले देखाउँछ आज विश्वमै मानवीयता खस्कँदै गएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनान लगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् ।

द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ । सङ्घका अनुसार गत वर्ष अर्थात् सन् २०२३ मानवीयताका हिसाबमा विश्वको अवस्था दर्दनाक रह्यो । गत वर्षको तुलनामा यस वर्ष पनि उस्तै अमानवीयता विश्वले खेप्नुपरेको दृष्टान्त संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

उसका अनुसार मानवीय कार्यमा सक्रिय रहेका मानिसको सङ्ख्या कम हुँदै जानु र मानवीय सेवा लिनेको सङ्ख्या उच्चस्तरले विश्वमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै विभिन्न देशमा बढ्दै गएको हतियारसहितको द्वन्द्वले अमानवीयता बढाएको दाबी गरिएको छ । जसको मूल्य आममानिस र मानवीयताका लागि खटिनेले चुकाउनुपरेको सङ्घले प्रस्ट पारेको छ ।

मानवीय कार्यमा सक्रिय रहेका र मानवीयताका लागि जोडिएको सम्पत्तिमाथि बारम्बार भइरहेको निरन्तरको आक्रमण तत्काल रोक्नुपर्नेमा उसले जोड दिएको छ । विश्व मानवीय दिवसका अवसरमा आममानिस र सार्वजनिक सम्पत्तिको विनाश रोकिनुपर्ने औँल्याउँदै सङ्घले विश्वमा भइरहेका हिंसा, दण्डहीनताको अन्त्य गर्नसमेत माग गरेको छ ।

विश्वका शक्ति राष्ट्रहरूलाई सम्बोधन गर्दै जारी वक्तव्यमा ती शक्तिले आफूले मानवीयता रक्षाको प्रतिबद्धता स्मरण गर्दै हिंसाबाट मानवीयताको यात्रामा सहभागी हुन अपिल गरिएको छ । विश्वका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वमा पीडितको सेवा गर्ने जनशक्तिको अभाव हुँदै गएकाले ती शक्ति राष्ट्रले आमजनता, मानवीय कार्यमा सक्रिय रहेका क्षेत्रमा आक्रमण गर्न छाड्नुपर्ने जिकिर गरिएको छ ।

इजरायल–गाजा युद्धका कारण विगत छ महिनामा मात्र ३० हजार मानिसको ज्यान गएको छ । आक्रमणका क्रममा १५० भन्दा बढी मानवीय कार्यमा सक्रिय रहेका कार्यकर्ता मारिएका छन् । युद्ध र द्वन्द्वमा प्रभावित १४ करोड ६५ लाख मानिसको सहयोगका लागि ४८ अर्ब ६५ करोड अमेरिकी डलर बराबरको खर्च आवश्यक रहेको जनाइएको छ ।

Advertisement

विगत छ महिनामा गत वर्षभन्दा कम १२ अर्ब २६ करोड डलर मात्र प्राप्त हुँदा काम गर्न अप्ठ्यारो परेको स्पष्ट पारिएको छ । पछिल्लो समय सुडानमा भएको आक्रमणपछि त्यहाँका जनताले अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको जनाइएको छ । सन् २०२२ मा भन्दा सन् २०२३ मा मानवीय सेवामा खटिएका दोब्बरले मारिएका छन् । सन् २०२२ मा ११८ जना मारिएका थिए । गत वर्ष २६१ जना मारिएका छन् । अरू ७८ जना बन्धक बनाइएका छन् भने १९६ जना घाइते छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top