×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?

५ भाद्र २०८१

५ भदौ, विराटनगर ।

फ्रान्सका कप्तान किलियन एम्बाप्पेको नयाँ क्लब रियल मड्रिडमा सुखद सुरुआत भयो । कार्लो एन्सेलोट्टी नेतृत्वको रियलका लागि डेब्यु खेलमा गोल गरेर उपाधि जिताउन सफल बने, उनी । रियलले पोल्यान्डमा गत बिहीबार भएको फाइनल खेलमा इटालियन क्लब अटलान्टामाथि २–० गोलको जित निकाल्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

Advertisement
Advertisement

एम्बाप्पेको स्पेनिस ला लिगाको डेब्यु भने सम्झनलायक बनेन । मल्लोर्कासँगको खेल १–१ गोलको बराबरीमा सकिँदा २५ वर्षीय एम्बाप्पे चल्न सकेनन् । स्पेनको महारथी क्लब रियल मड्रिड आएपछि मैदानमा सुखद सुरुआत भए पनि मैदानबाहिर भने उनी समस्याले झेलिएका छन् । कारण हो, पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ।

फ्रान्सेली समाचारपत्र ‘ले मोन्डे’ का अनुसार विश्वकप विजेता खेलाडी एम्बाप्पेले पिएसजीबाट पूर्ण रूपमा पारिश्रमिक पाएका छैनन् । जसकारण उनले फ्रान्सेली व्यवसायिक फुटबल लिग समिति (एलएलपी) र युरोपेली फुटबल एसोसिएसन (युइएफए) मार्फत् पिएसजीविरुद्ध कानुनी लडाइँ थालेका छन् ।

एम्बाप्पेको दाबीअनुरूप पिएसजीले यसै वर्षको अप्रिल, मे र जुन गरी तीन महिनाको पारिश्रम गरेर उनलाई ५५ मिलियन युरो तिर्न बाँकी छ । गत फेब्रुअरीमा अनुबन्ध गर्दाको ‘बोनस’बापत उनले ३६ मिलियन युरो पनि पाउन बाँकी रहेको एम्बाप्पेको दाबी छ ।

तथापि, पिएसजीले भने एम्बाप्पे बोनसको अंश नपाउनेगरी सहमत भएपछि आफूहरूले स्थानान्तरण ‘फि’ पनि नलिएको दाबी गरेको छ । २५ वर्षीय एम्बाप्पेले आधिकारिक रूपमा गत मे १० मा पिएसजीसँगको सम्झौता नगर्ने निर्णय लिएका थिए ।

अर्को मिडिया ‘एल इक्युपे’ ले जुनमा सार्वजनिक गरेको रिपोर्टअनुसार एम्बाप्पेका कानुनी प्रतिनिधिले पिएसजीलाई आधिकारिक सूचना नै थमाइसकेका थिए । तर, पनि समस्याको समाधानमा पिएसजीले अहिलेसम्म तदारुकता देखाएको छैन ।

यो मुद्दामा दोषी ठहरिए पिएसजीले युरोपियन च्याम्पियन्स लिग गुमाउनुपर्ने जनाइएको छ । ‘ले मोन्डे’ पत्रिका अनुसार एलएफपीले मुद्दाको छिनोफानो नगरेसम्म पिएसजीमाथि नयाँ खेलाडी अनुबन्धको सबै प्रक्रिया नै रोकिदिनेसम्मको कारबाही हुन सक्ने छ । युइएफएले भने यो सिजनसम्मका लागि पिएसजीको लाइसेन्स रोक्का गरेर च्याम्पियन्स लिगबाट पनि हटाउन सक्ने बताइएको छ ।

आफूलाई क्रिस्टियानो रोनाल्डोको ‘जबरजस्त फ्यान’ बताउने एम्बाप्पेले उनकै पूर्वक्लब रियल रोजेका हुन् । रियलले आर्थिक विवरण नखुलाए पनि वार्षिक १५ मिलियन युरो तलब पाउनेगरी उनी स्पेन पुगेका हुन् । यसबाहेक रियलमा आउन मानेबापत उनले पाँच वर्षमा पाउनेगरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन् । एम्बाप्पे सन् २०१७ मा १८० मिलियन युरोमा किन्ने गरी मोनाकोबाट लोनमा पिएसजी गएका थिए । पिएसजीमा रहँदा उनले कीर्तिमानी २५६ गोल गरेका थिए ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top