रास्वपाले मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

४ भदौ ८१, बुधबार

५ भदौ, विराटनगर । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ढकाल निलम्बनमा परेपछि कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएका मनिष झाले अन्तिम एक पटक उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको सुनाए । पार्टीविरुद्ध नियोजित रूपमा सक्रिय बनेको भन्दै रास्वपाले यसअघि नै ढकाललाई स्पष्टीकरण सोधिसकेको थियो ।

Advertisement

गत साउन ३० गते सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन् ।

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेकोलगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो । गत असार १९ बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top