×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

मन्त्री विद्यामाथि सुमनाको झापड ! काम गर्न नसके बुझ्नु

५ भाद्र २०८१

५ भदौ ,काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय निकै नै असुरक्षित भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले चिन्ता ब्यक्त गर्दै सार्वजनिक रुपमा सामाजिक संजालबाट गृहमन्त्रीसँग सुरक्षा मागेगरेपछि पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले कडा जवाफ दिएकी छन् ।

Advertisement
Advertisement

सामाजिक संजालबाटै पूर्वमन्त्री सुमनाले त्रिविमा भएको बेथिती राजनीतिक संरक्षण र आरक्षणलेब बढेको भन्दै त्रिवि बचाउन अबजनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो? भन्दै प्रश्न समेत सोधेकी छन् । उनले मन्त्री विद्याप्रति लक्षित गर्दै समस्या समाधान नगर्ने हो भने बाटो छाड्न तयार हुनु पर्ने संकेत गरेकी छन् ।

उनले भनेकी छन्, वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो? त्रिविमा पनि दुई तिहाई सरकार छ – एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद। त्रविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो – सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन!

सुमनाले थप प्रश्न गरेकी छन्, दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा? अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग – बहस चलोस् भनेर रे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको सम्रक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?

उनले यसै विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको समेत बताएकी छन् । सुमनाले अन्त्यमा भनेकी छन्, दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो? No …if, no …but  दलगत दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT

यसअघि शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय निकै नै असुरक्षित भएको भन्दै सरकारसंग सुरक्षा प्रबन्धको मागसमेत गरेकी थिइन । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’ मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत उनले गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top