NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू शनिबार कार्तिक १ , २०८२
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ? शुक्रबार अशोज ३१ , २०८२
ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा शुक्रबार अशोज ३१ , २०८२
Next
Prev

समाचार

रास्वपालाई मुकुल ढकालको अझै माया, सच्चिन २४ घण्टा

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
रास्वपालाई मुकुल ढकालको अझै माया, सच्चिन २४ घण्टा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ भदौ , काठमाण्डौ ।

पार्टी नेतृत्वप्रति लगातार आक्रमक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ। बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्। यस्तै केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ। ‘तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने निर्णय गरिएको हो।

यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भने, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा त्यो निर्णय गरिएको हो।’ गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म रास्वपाका महामन्त्री रहेका ढकाल देश दौडाहामा गएका थिए।

उनले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, स्वतन्त्र निर्वाचितहरूसँग मिलेर पार्टी बलियो बन्नुपर्ने लगायत प्रतिवेदनका अंश चुहाएपछि उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ।

अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिमपटक स्पष्टीकरण सोधिएको हो । अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिमपटक स्पष्टीकरण सोधिएको हो । आफूमाथि एकपछि अर्को स्पष्टीकरण र कारबाहीको सिलसिला जारी रहँदा यता मुकुलले भने कहिले संचारमाध्यम त कहिले सामाजिक संजालमा रास्वपा सभापति, उपसभापतिसहितका शीर्ष नेतामाथि आगो ओकलिरहेका छन् ।

यसबीच उनले रास्वपाका लागि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बुझाएका छन् । ओलीसंगको भेटमा उनले दोहोरो नागरिकता, दुईवटा पासपोर्ट बोक्ने तथा सहकारी ठगीमा आरोपित रहेको भन्दै नाम नलिकन रविमाथि कारबाही गर्न समेत माग गरेका छन् । यस्तै रास्वपाले आगामी मङ्सिरमा गर्ने तयारी गरिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । स्थानीय तहतर्फ काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पद, मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पद, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद, जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पद, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुने लागेको हो ।

यस्तै कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ । गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ ।

गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली छ । त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा भेला गर्ने तय भएको कार्यबाहक प्रवक्ता झाले बताए ।

उनले भने, ‘राष्ट्रिय भेलाअघि सातै प्रदेश भेला हुनेछ । त्यो भेलामा सभापति रवि लामिछाने आफैं सहभागी हुनुहुन्छ । प्रदेश भेलापछि राष्ट्रिय भेला गरेर पार्टी नयाँ रुपमा अगाडि बढ्छ ।’ सरकारबाट बाहिरिएपछि रास्वपा पनि संगठन निर्माणको अभियानमा लागेको छ । मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको रास्वपाले त्यसको तयारीका लागि पनि भेला गर्न लागेको हो ।

Tags: #मुकुल ढकाल

लोकप्रीय

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

शनिबार कार्तिक १ , २०८२
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२

विचार

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

शनिबार कार्तिक १ , २०८२
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२

थप समाचार

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू
ताजा समाचार

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

शनिबार कार्तिक १ , २०८२
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ
ताजा समाचार

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर
ताजा समाचार

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

शुक्रबार अशोज ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

शनिबार कार्तिक १ , २०८२
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.