×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026

रास्वपालाई मुकुल ढकालको अझै माया, सच्चिन २४ घण्टा

५ भाद्र २०८१

४ भदौ , काठमाण्डौ ।

पार्टी नेतृत्वप्रति लगातार आक्रमक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ। बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

Advertisement
Advertisement

यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्। यस्तै केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ। ‘तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने निर्णय गरिएको हो।

यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भने, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा त्यो निर्णय गरिएको हो।’ गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म रास्वपाका महामन्त्री रहेका ढकाल देश दौडाहामा गएका थिए।

उनले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, स्वतन्त्र निर्वाचितहरूसँग मिलेर पार्टी बलियो बन्नुपर्ने लगायत प्रतिवेदनका अंश चुहाएपछि उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ।

अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिमपटक स्पष्टीकरण सोधिएको हो । अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिमपटक स्पष्टीकरण सोधिएको हो । आफूमाथि एकपछि अर्को स्पष्टीकरण र कारबाहीको सिलसिला जारी रहँदा यता मुकुलले भने कहिले संचारमाध्यम त कहिले सामाजिक संजालमा रास्वपा सभापति, उपसभापतिसहितका शीर्ष नेतामाथि आगो ओकलिरहेका छन् ।

यसबीच उनले रास्वपाका लागि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बुझाएका छन् । ओलीसंगको भेटमा उनले दोहोरो नागरिकता, दुईवटा पासपोर्ट बोक्ने तथा सहकारी ठगीमा आरोपित रहेको भन्दै नाम नलिकन रविमाथि कारबाही गर्न समेत माग गरेका छन् । यस्तै रास्वपाले आगामी मङ्सिरमा गर्ने तयारी गरिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । स्थानीय तहतर्फ काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पद, मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पद, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद, जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पद, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुने लागेको हो ।

यस्तै कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ । गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ ।

गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली छ । त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा भेला गर्ने तय भएको कार्यबाहक प्रवक्ता झाले बताए ।

Advertisement

उनले भने, ‘राष्ट्रिय भेलाअघि सातै प्रदेश भेला हुनेछ । त्यो भेलामा सभापति रवि लामिछाने आफैं सहभागी हुनुहुन्छ । प्रदेश भेलापछि राष्ट्रिय भेला गरेर पार्टी नयाँ रुपमा अगाडि बढ्छ ।’ सरकारबाट बाहिरिएपछि रास्वपा पनि संगठन निर्माणको अभियानमा लागेको छ । मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको रास्वपाले त्यसको तयारीका लागि पनि भेला गर्न लागेको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top