×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बेलका गोल्डकपको दोस्रो संस्करण हुँदै

६ भाद्र २०८१

६ भदौ, विराटनगर । 

उदयपुरको बेलकामा दोस्रो संस्करणको बेलका गोल्डकप आयोजना हुने भएको छ । ब्रदरहुड एफसी बेलकाको आयोजनामा आगामी असोज महिनामा दोस्रो संस्करणको गोल्डकप आयोजना हुने भएको हो ।

Advertisement
Advertisement

ब्रदरहुडका संयोजक देविन मगरले दोस्रो संस्करणको गोल्डकपको तयारीमा आफूहरू जुटिसकेको जानकारी दिए । आयोजक क्लबको आधिकारिक फेसबुकमार्फत् पनि यसबारे जानकारी गराइएको छ ।

दोस्रो संस्करण असोजमा आयोजना गर्नेगरी तयारी भए पनि यकिन मिति भने तोकिएको छैन । चाँडै नै मिति, सहभागी टिम र पुरस्कार राशिबारे छिनोफानो गरेर पत्रकार सम्मेलनमार्फत जानकारी दिने आयोजकले जनाएको छ ।

गत वर्ष ब्रदरहुड एफसीले प्रथम आमन्त्रित बेलका मिनी गोल्ड कपका नामबाट प्रतियोगिता आयोजना गरेको थियो । बेलका नगरपालिका–४ स्थित जहडा लालबजार खेल मैदानमा उक्त प्रतियोगिता भएको थियो ।

आठ टिमको सहभागितामा भएको प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः ५० हजार, ३० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए । 

Advertisement
Advertisement

यसपालि भने पुरस्कार राशि बढाउने योजनामा आफूहरू रहेको संयोजक मगरले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top