×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

६ भाद्र २०८१

६ भदौ, विराटनगर । 

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जनका लागि कसरत गरिरहेका छन् ।

Advertisement
Advertisement

महामन्त्रीद्वय थापा र शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समितिको बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो ।

सोही प्रतिवेदनउपर पदाधिकारीहरूसँग छलफल गर्ने तयारी, सभापति देउवाको छ । देउवासहित संस्थापन पक्ष महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडानमा छ ।

चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ । सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो ।

प्रतिवेदनमा परिमार्जन गराउने उद्देश्यसहित देउवाले पदाधिकारीमा छलफल गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । उनका अनुसार छलफलको समय भने छिनोफानो भएको छैन । आजै वा भोलि बैठक बस्नुअघि पनि छलफल हुन सक्न बताइएको छ ।

कांग्रेसले बिहीबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । तथापि, अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

के थियो, महामन्त्रीद्वयको प्रतिवेदनमा ?

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।

महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । महामन्त्री थापाले ४६ पृष्ठको प्रतिवेदन तयार गरेका छन्, जसमा तीनै तहको सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएपनि पार्टी सदस्यहरुले कांग्रेस सरकारमा भएको महसुस गर्न नसकेको उल्लेख छ ।

सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न नसकेको विषय महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन् । ‘यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ– हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ?’ उनले प्रतिवेदनमा भनेका छन् ।

यस्तै महामन्त्री विश्वप्रकाश शर्माले ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने’ प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका थिए ।

Advertisement
Advertisement

प्रतिवेदनमा गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने बताएका छन् । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top