मस्कले मानव मस्तिष्कमा चिप लगाएरै छाड्ने भए

६ भदौ , एजेन्सी ।

विश्वकै धनाढ्य सूचीमा लामो समयदेखि शीर्ष वरियताकै वरिपरि घुमिरहेका एलन मस्कको स्टार्टअप न्यूरालिंकले मानिसको मस्तिष्कमा चिप लगाउने दोस्रो परीक्षण पनि सफल भएको दाबी गरेको छ । कंपनीले दोस्रो परीक्षणमा विरामीलाई समस्या नभएको पनि दाबी गरेको छ। यसअघि पहिलो परीक्षणमा जो मानिसमा ब्रेनचिप लगाइएको थियो, उनमा थ्रेड रिट्रयाक्शनको समस्या देखिएको थियो ।

न्यूरालिंक प्यारालाइजका विरामी या जसको डाढको हड्डीमा चोट छ उसका लागि मस्तिष्कमा चिप बनाउने काम गर्छ । योे वायरलेस चिप हो, जसको मददले शारीरिक रूपबाट अक्षम विरामीहरुका लागि सामान्य रूपले काम गर्न मदद मिल्छ । पहिलो परीक्षणको क्रममा न्यूरालिंकले जनवरीमा जो विरामीलाई मस्तिष्कमा चिप लगाएको थियो, केही समयपछि उनलाई थ्रेड रिट्रयाक्शनको समस्या भएको थियो ।

Advertisement

उनको नाम नोल्याण्ड अरबगको हो । सर्जरीपछि अरबगको दिमागमा रहेको कयौं सानासाना तंतुहरुमा खुम्चिने समस्या देखिएको थियो । जसले मस्तिष्कको सिग्नल जाँच्ने इलेक्ट्रोड्सको संख्यामा गिरावट देखिएको थियो । मिडिया रिपोर्ट्सका अनुसार, थ्रेड रिट्रयाक्शनको समस्या जनावरहरुमा परीक्षणको क्रममा पनि देखिएको थियो ।

अहिले भने कंम्पनीले दाबी गरेको छ कि दोस्रो परीक्षणमा यो समस्या छैन । मिडिया रिपोर्ट्सका अनुसार, पहिलो चोटी न्यूरालिंकको डिजिटल चिप लगाईएका विरामी अहिले भिडियो गेम्स खेल्न, इंटरनेट चलाउन, सोशल मीडियामा पोस्ट गर्न आदि काम गर्न सक्षम भएका छन् । गएको महिनामात्रै दोस्रो विरामीमा चिपको परीक्षण गरिएको हो ।

न्यूरालिंक एक ब्रेन–चिप स्टार्टअप हो, जसको स्थापना एलन मस्कले सन २०१६ मा गरेका थिए । यो स्टार्टअप अन्तर्गत सर्जरीको सहयोगले मानिसको मस्तिष्कमा एक सिक्का आकारको उपकरण (चिप) प्रत्यारोपित गरिन्छ । जसको निकै पातलो तारले मस्तिष्कमा गएर मस्तिष्क–कम्प्यूटर इंटरफेस (बी.सी.आई.) विकसित गर्छ । यसले डिस्क मस्तिष्कको गतिविधिलाई पंजीकृत गर्छ र त्यसलाई एक सामान्य ब्लूटूथ कनेक्शनको माध्यमले स्मार्टफोन जस्ता डिभाइसमा पठाउँछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top