मलाई अध्यक्ष भइरहने रहर छैन : प्रचण्ड

५ भदौ ८१, बिहीबार

६ भदौ, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताएका छन् ।

बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले अब आपूलाई पार्टीमा अध्यक्ष भइरहने रहर नभउको उल्लेख गर्दै अध्यक्ष भन्दा प्रचण्ड नै आफ्ना लागप ठुलो रहेको सुनाए ।

Advertisement

उनले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठुलो छ मेरो लागि ।’

तथापि, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको बताउँदै उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो । अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

Advertisement

स्थायी समिति बैठकमा शर्माले राखेको मतलाई समेटेर दस्तावेज बनाउने समेत उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top