×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अब न फर्किने भईन् ममता भट्ट

७ भाद्र २०८१

७ भदौ , एजेन्सी ।
अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ ।

प्रहरीले उनलाई जमानतमा छुट्न नपाउने गरी जेल चलान गरेको छ । यद्यपि उनीमाथि अनुशन्धान जारी रहेको बताएको छ । प्रहरीले उनीमाथि शव ओसारपसार गरेको, लुकाएको, प्रमाण अल्टर गरेको लगायतका अभियोग लगाइएको छ ।

Advertisement
Advertisement

अब तीन सातादेखि बेपत्ता ममता फर्किएर आउने संभावना सकिएको र उनी संस्मरणमा मात्रै रहेको प्रहरीले बताएको छ । प्रहरीले विज्ञप्तिमा डेड बडी भनेरै उल्लेख गर्दै शव ओसारपसार गरेको, लुकाएको, प्रमाण अल्टर गरेको बताएको छ ।

प्रहरीको यस्तो जानकारी दिएपछि त्याहा रहेका नेपालीहरुले उनको घर बाहिर मैनवत्ती बालेर श्रद्धान्जली अर्पण गरेका छन् । ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् । प्रहरीको अनुशन्धानले ३१ जुलाईमा नै घटना घटेको हुन् सक्ने संकेत गरेको छ।

उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो ।

सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । भट्ट भने दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी रहेको बताइएको छ ।

उनी हराएपछि नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना पनि दिन थालेका थिए । प्रहरी कार्यालय अगाडि दिइएको धर्नामा सो क्षेत्रबाट निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए । एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ ।

उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन्  । प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो । पछिल्लो समय परिवार, साथी, रोजगारदातालगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ ।

Advertisement

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका श्रीमान् भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top