केदारनाथ नजिकै पहिरोले पुरिँदा चार नेपाली मजदुरको मृत्यु

६ भदौ ८१, शुक्रबार

७ भदौ, एजेन्सी ।

भारतको उत्तराखन्ड राज्यको केदारनाथनजिकै पहिरोले पुरिँदा चार जना नेपाली मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा तुलबहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको जनाइएको छ ।

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथनजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै उनीहरूलाई पहिरोले पुरेको हो ।

बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याडनजिकै पर्ने खाट गडेरे नजिक पहिरो गएको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी दिए ।

सूचना पाएलगत्तै उद्धार कार्यका लागि घटनास्थल पुगेको उद्धार टोलीले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकालेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top