भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो, ठुलै हताहती भएको प्रहरीको अनुमान

६ भदौ ८१, शुक्रबार

७ भदौ, काठमाडौं ।

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ । बसमा अन्दाजी ४० जना रहेको अनुमान लगाइएकाे छ ।

Advertisement

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्दा ठुलै हताहती भएको प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ ।

डोरी लगाएर उद्धार गर्न थालिएको छ । उक्त बस दुर्घटनामा ठुलै हताहती भएको प्रहरीको अनुमान छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top