युक्रेनमा मोदी : रसिया-युक्रेन युद्धबीच आफूलाई शान्ति दूतका रूपमा प्रस्तुत गर्दै

६ भदौ ८१, शुक्रबार

७ भदौ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका छन् । मोदी हाल युरोपेली दुई मुलुक पोल्यान्ड र युक्रेनको भ्रमणमा छन् । सोही सिलसिलामा शुक्रबार किएभ पुगेका मोदीले आज नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

रूसले युक्रेनमा आक्रमण सुरु गरेको साढे दुई वर्ष बितिसकेको छ भने युक्रेनले रुसी भूमिमा ठुलो प्रतिआक्रमण गरिरहेको छ । यसबीचमा युक्रेन पुगेका मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।

Advertisement

मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, ‘युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन । जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनर्स्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।’

उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top