तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

६ भदौ ८१, शुक्रबार

७ भदौ, विराटनगर ।

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो ।

Advertisement

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २२ जनामध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार थालिएको छ ।

उनीहरूको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइतेलाई स्थानीय अस्पतालमा उपचार जारी छ ।

Advertisement

भारतको गोरखपुरबाट दुईदिनअघि नेपाल आएका पर्यटक चढेको बस शुक्रबार बिहान तनहुँमा दुर्घटनामा परेको थियो । पोखराको मझेरी रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि प्रस्थान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top