Nepal Times
Nepal Times
3
Shares

सशस्त्र प्रहरीका एसपीविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोप

सशस्त्र प्रहरीका एसपीविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोप

७ भदौ, विराटनगर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोपमा सशस्त्र प्रहरीका एसपीविरुद्ध मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहुविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहुले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन फर्जी प्रमाणपत्रको सहायता लिएका थिए ।

उनले त्यसबेला डा.राममनोहर लोहियाअवध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बिए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति लिएको आरोप छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.