८ भदौ, विराटनगर ।
फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोन्टेपिलरमाथि फराकिलो जित निकालेको छ । शुक्रबार राति आफ्नो दोस्रो खल खेलेको पिएसजीले मोन्टेपिलरलाई ६–० गोलान्तरले हराएको हो ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन ब्राड्ली बार्कोलाले दुई गोल गरे भने मार्को एसेन्सियो, अच्राफ हाकिमी, वारेन जेरे–इमेरी र ली काङ–इनले एक–एक गोल गरे ।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा भने चार गोल थपेको थियो ।
नयाँ सिजनको लिगमा पिएसजीले दुई खेलबाट ६ अंक बटुलेको छ । यसअघि उसले पहिलो खेलमा ले हाभ्रेमाथि ४–१ गोलको जित निकालेको थियो ।