रवि लामिछानेको हुँकार : कांग्रेस-एमाले सरकार अन्तिम भोजजस्तै हो

७ भदौ ८१, शनिबार

८ भदौ, चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार ‘अन्तिम भोज’ जस्तै हुने दाबी गरेका छन् । चितवनको राप्ती नगरपालिकाको डडुबामा शनिबार आयोजित पार्टी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर सरकार बनाएको भन्दै यसले जनताको पक्षमा काम गरेर औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ छ । ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन,’ लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि अन्तिम भोजजस्तै हुनेछ ।’

Advertisement

यसैगरी, लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको बताएका छन् । सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए ।

शुक्रबार मध्यरातिसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आएको बताउँदै उनले भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए । प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु ।’

Advertisement

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top