९ भदौ, विराटनगर । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।