प्रतितोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

९ भदौ ८१, आइतबार

९ भदौ, विराटनगर । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

Advertisement

शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top