दक्षिणका खेलाडीसँग सेल्फी खिँचेपछि उत्तरले गर्याे कारबाही

८ भदौ ८१, आइतबार

९ भदौ , एजेन्सी ।

उत्तर कोरियाली कठोर तानाशाही प्रबृत्तिको शासनका बारे विश्व जानकार छ । कोरियाली नेता किम जोङ उनको कठोर तानाशाही स्वभावका कारण उत्तर कोरियाका हरकोही उनीसँग सशकिंत हुन्छन् । ४० वर्षीय किम जोङ नेतृत्वको मन्त्रिपरिषद् पनि उत्तिकै कडा स्वभावको छ । यसको पुष्ट्याँइ, एउटा घटनाबाट गर्न सकिन्छ ।

फ्रान्सको राजधानी पेरिसमा गत जुलाई २६ देखि अगस्ट ११ मा सम्पन्न भएको पेरिस ओलम्पिकमा सहभागी भएका दुई उत्तर कोरियाली खेलाडीले सेल्फी खिच्दैमा कारबाहीमा पर्नुपरेको छ । दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग सेल्फी फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको हो ।

Advertisement

जबकि, एकै विधामा स्वर्ण, कास्य र रजत पदक जितेका उनीहरूले एकसाथ उभिनैपर्ने हुन्छ । टेबल टेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।उनीहरूले चीनका गोल्ड मेडलिस्ट वाङ चुक्विन र सन यिङ्सा अनि दक्षिण कोरियाका कास्यपदक विजेता लिम जुङहुन शिन युबिनसँग टेनिस पोडियममा सेल्फी खिँचाएका थिए ।

तर, स्वदेश फर्किएलगत्तै उत्तर कोरियाको खेलकुद मन्त्रालयले विभिन्न तीन चरणमा उनीहरूमाथि नैतिकताको जाँच गरेको थियो । भौतिक संस्कृति तथा खेलकुद मन्त्री किम आइआइ–गुकको निर्देशनमा उनीहरू कारबाहीको दायरमा तानिएका हुन् । तथापि, उत्तर कोरियाको तर्फबाट उनीहरूलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

तर, पेरिस ओलम्पिकको प्रायोजकमध्ये दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङ पनि एक थियो । सोही कारण पनि दक्षिण कोरियाली खेलाडीहरूकै आग्रहमा उत्तर कोरियाका खेलाडीहरू आफ्नो देशको नीतिविपरीत गएर फोटो खिच्न बाध्य भएका थिए । दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

दक्षिण कोरियाली समाचारपत्र जुङएङ एल्बोको रिपोर्टअनुसार गैर–कम्युनिस्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा हो । खासगरी यी दुई राष्ट्रहरूबीच परराष्ट्र सम्बन्ध सुमधुर छैन । विगतमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले दुई राष्ट्रबीचको कूटनीतिको अवस्था झल्काउने गरेको छ ।

सन् २०१८ मा यी दुई देशहरूबीच सुमधुर सम्बन्ध हुँदाताका प्योङचाङ ओलम्पिकको उद्घाटन समारोहमा दुवै देशहरू सँगै मार्च गर्दै र महिला आइस हक्की प्रतियोगितामा एकताबद्ध टोलीलाई फिल्डिङ गरेको देखाइएको थियो । तर, उत्तर कोरियाको लामो समयसम्म क्षेप्यास्त्र परीक्षण र सोलप्रतिको शत्रुतापछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।

कुटनीतिक सम्बन्धकै कारण उत्तर कोरियाको खेलकुद मन्त्रालयले उनीहरूलाई कारबाही गर्न चाहेको आँकलन गर्न सकिन्छ । उत्तर कोरियाले पेरिस ओलम्पिकमा दुई रजत र चार कास्य गरी ६ पदक जितेको थियो । उत्तर कोरिया पदक तालिकाको ६८औं स्थानमा छ भने दक्षिण कोरिया १३ गोल्ड, नौ रजत र १० कास्य गरेर ३२ पदकसहित पदक तालिकाको आठौं स्थानमा छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top