×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

बालेन नगर प्रमुख कि सरकार प्रमुख ?

९ भाद्र २०८१

९ भदौ , काठमाण्डौ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह उर्फ बालेन । राजनीतिक दलका त परकै कुरा, स्वतन्त्र जनप्रतिधिहरूबीच पनि पृथक स्वभावका छन्, उनी । कसैले फुर्क्याउँदैमा फुर्किंदैनन्, कसैले दबाउन खोज्दा दबिँदैनन् । जे गर्छन्, कुनै धक नमानीकन गर्ने साहस राख्छन्। यसैले पनि होला बालेन क्रेजको ‘ग्राफ’ निरन्तर उकालो लागिरहेको छ ।

शासककै रूपमा पनि बालेनलाई मन पराउनेहरू यतिविघ्न छन् कि, घरिघरि त उनको प्रशंसामा गीतै निस्कँछन् । स्वविवेक र स्वनिर्णयलाई परिपालना गरेर उनले लिएका केही निर्णयहरू अरू सरकारले शिरोपर गर्छन् । केही योजना आफ्ना जनप्रतिनिधिले पनि आत्मसात् गर्नुपर्छ भन्ने युवाहरूको पंक्ति उत्तिकै बढ्दो छ ।

Advertisement
Advertisement

यसको उदाहरणका रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनको पोस्टहरूमा गर्ने ‘रियाक्ट’ र प्रतिक्रियालाई पनि लिन सकिन्छ । यसरी हेर्दा समर्थकहरूले त उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि नै सारिसकेका छन् । तथापि, आफू मुलुकको प्रधानमन्त्री बन्नेबारे बालेनले बोलिसकेको अवस्था भने छैन् ।

नत राजनीतिक दल खोल्ने योजना बारे नै उनले मुख खोलेका छन् । स्थानीय जनप्रतिनिधका रुपमा बालेन काठमाडौं महानगरपालिकाभित्रका मात्र नभएर देशभरिका नागरिकको भरोसाका केन्द्र हुन् भन्दा अत्युक्ति नहोला । यी सबै कारक तत्वहरूले गर्दा बालेन स्थानीय सरकार प्रमुख हुन् कि संघकै प्रमुख हुन् ? भन्ने प्रश्न उठ्छ ।

कानुनतः उनी काठमाडौं महानगरपालिकाभित्रका मात्र कार्यकारी हुन् । देशकै नेतृत्व त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को दल नेपाली कांग्रेसको समर्थनमा गरिरहेका छन् । तर, व्यवहारतः यो देशका नागरिकले देशको कार्यकारी भन्दा धेरै आशा–अपेक्षा–भरोसा भने बालेनमाथि गरिरहेको जस्तो देखिन्छ ।

नयाँ–पुराना सबै दलहरू र उनीहरूको ‘सत्ता प्रदर्शन’ ले वाक्क, दिक्क, प्याक्क भइसकेका नागरिकले यतिसम्म गर्नुलाई अस्वभाविक मान्न सकिँदैन पनि । युवालाई मौका दिन्छु भन्नेहरू ७२ वर्ष पुग्दा पनि प्रधानमन्त्री हुन छोड्दैनन् । उनीभन्दा आठ वर्ष जेठा छटौं पटक प्रधानमन्त्री बन्न पाउने आशामा बसिरहेकै छन् ।

यस्तो अवस्थामा युवाहरूले बालेनलाई देशकै कार्यकारीका रूपमा चाहनुलाई अस्वभाविक पनि मान्न सकिँदैन । बालेनको उदार स्वभाव हेर्दा पनि उनले स्थानीय सरकार होइन संघीय सरकार नै हाँकेको फिल हुन सक्छ । देशभित्रका विपद्का घटनामा उनी प्रदेश र संघ सरकारकै जस्तो भूमिकामा रहन्छन् ।

सोलुखुम्बुको थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गरेर उनी डेढ लाख लिएर पुगेको प्रदेशसरकारभन्दा मनकारी देखिए । कतिपय अभिब्यक्तिकै कारण बालेन अलोचनाको शिकार नबनेका होइनन् तर सामान्य अपवादबाहेक बालेनलाई अहिलेसम्म न राजनीतिक दल, न सरकार र नत कर्मचारीतन्त्र कसैले पनि दबाउन सकेका छैनन् ।

मुलुकका कार्यकारी बस्ने सिंहदरबारको फोहोर नउठाउने अडानलगायत केही विषय विवादास्पद हुँदा पनि बालेन विचलित भएनन् । संघीय सरकारलाई ‘चोर’ भनेपछि बे–लघाम भनेर कतिपयले आलोचना हुँदा समेत उनी हच्किएका छैनन् । राजनीतिक दल र उनीहरूका भातृ संगठनहरूले दिएको दबाबबाट हच्किँदैनन्, उनी ।

विरोधावास योजनाहरूलाई सार्थकता दिने काममा उनी डग्मगाउँदैनन् । बेलाबेला बालेनमाथि गरिब होइन, गरिबी हटाऊ भन्दै केही दलहरू उर्लन्छन् । सडक नै ओगटेर बस्नेहरूलाई हटाउन डोजर र लठ्ठीको सहयता लिँदा पनि बालेनविरुद्ध नेता र उनीहरूका आसेपासे खनिए । तर, दीर्घकालीन योजनाका साथ तार्किक निर्णय गरेका बालेनको कारण काठमाडौंमा सौन्दर्यतामात्र थपिएन, ट्राफिक व्यवस्थापनमा पनि सहज भइदियो ।

जसले गर्दा बालेनले अन्ततः ‘क्लिनचिट’ पाए सरह भो । नगरलाई सुन्दर र हराभरा बनाउन उनी तल्लीन छन् । फुटपाथलाई सधैंका लागि विस्थापित गरेका बालेनले अभियन्ता ईःसँग गरेको सम्झौता समेत कार्यान्वयन गरेका छैनन् । सडकमा रोजीरोटीका लागि व्यवसाय गर्दै आएकाहरुमाथि भएका धरपकड होस् या फुटपाथ व्यवसायीको सडक प्रर्दशन, यिनकै कारण बालेन कतिपय समय आलोचनाको शिकार बनेका छन्

Advertisement

तर पनि उनी कुनैपनि निर्णय र अडानबाट पछि हटेका छैनन् । कार्यपालिकाका कतिपय बैठकमा दलीय जनप्रतिनिधि, स्वतन्त्र मेयर बालेन र महानगरका कर्मचारबीच ‘चर्काचर्की’ हुन्छन् । तर एउटा पिउसो स्वतन्त्र मेयरलाई पेल्ने अडानमा बसेका उनीहरूको पेलानबाट टसमस हुँदैनन्, बालेन । यसबाट के स्पष्ट हुन्छ भने विज्ञहरूको सल्लाहमा स्वविवेकबाट निधोमा पुग्ने बालेन सरकार, दल र कर्मचारीतन्त्रबाट डराउँदैन, डगमगाउँदैन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top