‘द साइलेन्ट लिजेन्ड’ विष्णु माझीको तीज गीत, अश्लीलतालाई दरिलो झापड !

९ भदौ ८१, सोमबार

१० भदौ, विराटनगर ।

पछिल्लो केही समययता हरितालिका तिजलाई मध्यनजर गरेर निकालिने गीतहरू अश्लीलताले गाँजिएका छन् । तीज आउनुभन्दा तीन–चार महिनाअघिबाट बजारमा छ्यापछ्याप्ती हुने त्यस्ता गीतहरू दर्शक–स्रोताले आफ्नो रुचिअनुसार सुन्छन्, हेर्छन् । त्यस्ता अधिकांश गीतहरू विवादमा तानिन्छन् । उच्छृंखलालाई प्रोत्साहन गर्ने त्यस्ता गीतका भिडियो युट्युबबाट हटाइन्छ भने कतिपय गीतको अपाच्य अंश नै काटिन्छ ।

पहिले तिज गीत भन्नासाथ निकै पारिवारिक, शालीन र भद्र तरिकाले गाइन्थे । तर, अचेल तिज गीतका नाममा संस्कृति नै धमिल्याउने काम भइरहेको छ । तिज गीतले नै नेपाली पहिचान र संस्कृतिमाथि धावा बोलिरहेको अनुभूति हुन्छ । समाजले अग्रज र आइडल मानेका केही व्यक्ति तीज गीतलाई नारीको मनोवेदना र चाहाना बोल्ने भन्दा पनि युट्युबबाट केही सीमित आयआर्जनको लोभमा अश्लीलतालाई प्रोत्साहन गर्न लागेका छन् ।

Advertisement

सर्जकहरू तिजको गीतमा अश्लील शब्द वा दृश्य झल्काउनैपर्छ भन्ने मान्यतामा चल्छन् । अश्लील र अपाच्य गीतमा दर्शक–स्रोताको चासो बढी हुन्छ भन्ने भावनमा उनीहरूमा हुन्छ । तर, केही सर्जक यस्ता पनि छन्, जसको गीत नआउँदा तिज नै नआएको हो कि ! भन्ने अड्कल काट्न सकिन्छ । त्यसमध्येकी एक हुन्, ‘द साइलेन्ट लिजेन्ड’ भनेर चिनिने गायिक विष्णु माझी ।

विगत डेढ दशकयता सार्वजनिक रूपमा नदेखिएकी गायिका विष्णु माझीको तिजलक्षित गीतमा आवाज दिने गरेकी छन् । माझीले वर्षमा एकपटक एउटा तिज गीत दर्शकलाई उपहारस्वरूप दिनेगरेकी छन् । उनको गीतमा अश्लीलताको छनक आउँदैन, अपाच्य शब्द हुँदैनन् । र, पनि दर्शक–श्रोता उनका गीतप्रति मोहित हुन्छन् । पछिल्लो एउटा गीत पनि दर्शक–श्रोताबीत उत्तिकै चर्चित बन्यो ।

Advertisement

शनिबार सार्वजनिक भएको गायिका माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ अश्लीलताको पित्को नहुँदा पनि लाखौं पटक यो गीत हेरिएको छ । यो गीतमार्फत् एक विवाहित नारीले तीजमा माइती जान नपाएको पीडा पोखिएको छ । झन्डै १७ मिनेट लामो गीतका शब्द निकै सुझबुझपूर्ण तबरले बुनिएका छन् ।

‘पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। यसरी हेर्दा गीत वा भिडियोमा अश्लीलता सम्मिश्रण गर्ने सजर्कहरूलाई विष्णु माझीले दरिलो झापड प्रहार गरेको अनुमान लगाउन सकिन्छ ।

किनकि, माझीका गीतमा आधुनिकता छैन बरु मौलिकतालाई जोगाउने प्रयास देखिन्छ । जसरी पहिले–पहिले तीज गीतमा माइती जान नपाएकी चेलीको विरह गुन्जिन्थ्यो । त्यसरी नै उनले आफ्नो वेदना गीतमार्फत पोखेकी छन् । केही वर्षअगाडि पनि माझीले ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । माझीकै जीवनसँग मेल खान गएको आँकलन गर्न सकिने सो गीत निकै चर्चित बन्यो ।

गीतसँगसँगै उनको बन्द जीवनले समेत चर्चा पायो। किनकि, १२ वर्षभन्दा लामो समयदेखि नै गायिका माझी सार्वजनिक रूपमा देखिएकी छैनन् । आफ्नै आमाबुबाको वर्ष दिनको काममा समेत माइत नपुगेकी माझी आफूसँग भएको स्वर मात्र सुनाउँछिन्, त्यसपछि फेरि गुमनाम हुन्छिन् ।

बेला मौकामा नयाँ गीत निकाल्ने तर सार्वजनिक रूपमा नदेखिएपछि ‘चरी जेलैमा’ भनेजस्तै उनी बन्दक पो भइन् कि ! भन्ने प्रश्न नआएका होइनन् । यही प्रश्नले घेरिएपछि प्रशासनले उनको खोजी गर्याे । उनी पतिसँगै प्रशासन पुगिन् र आफू स्वइच्छाले नै सार्वजनिक नभएको बताइन् । त्यसपछि उनको ब्यक्तिगत जीवन कोट्याउने प्रयास भएको पाइदैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top