×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चाडपर्वका नाममा विद्यालयले किनाउँछन् अतिरिक्त पोसाक, अभिभावकलाई खर्चको भार !

१० भाद्र २०८१

१० भदौ, विराटनगर ।

पछिल्ला केही समययता निजी विद्यालयहरूले चाडवर्पका नाममा आफ्ना विद्यार्थीहरूलाई चाडपर्व लक्षित पोसाक किन्न बाध्य तुल्याउँछन् । फागु पूर्णिमा आउँदा सेता कपडा, कृष्ण जन्माष्टमीमा राधा, कृष्ण, सुदामाका जस्तै कपडा किन्न लगाउँछन्, विद्यालयहरूले । त्यसबाहेक तिहार नजिकिँदै जाँदा गून्यो चोलो, क्रिसमसमा क्रिसमस ड्रेस अनि ईदमा कालो बुर्का जस्ता पोषाक किन्न लगाएर विद्यालयहरूले फजुल खर्च गराउँछन् ।

Advertisement
Advertisement

एक त निजी स्कुलको महँगो शैक्षिक शुल्क तिर्दातिर्दा हैरान भएका अभिभावकहरूलाई यसरी फजुल खर्च हुने पोसाक किनाउँदा झन् आर्थिक भार थपिने गरेको छ । आफ्ना विद्यार्थीलाई भोलि यसो गरेर आउनू भनेर स्कुलले दिएको उर्दी टार्न अभिभावकलाई हम्मे–हम्मे पर्ने गरेको छ । तर, आफ्ना सन्ततिको इच्छा पूरा गर्दागर्दै उनीहरूमाथि थुप्रिएको आर्थिक भार विद्यालयहरू देख्तैनन् ।

विद्यालयहरूले शिक्षण सिकाइका नाममा चाडपर्व लक्षित पोषाकहरू खरिद गर्न लगाएर अभिभावकहरूको फजुल खर्च गराइदिने गरेका छन् । यो समस्या विशेषत संस्थागत विद्यालय तथा मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थीहरुमा बढी छ । तर, अहिले निजी विद्यालयबाट सार्वजनिक शिक्षालयतर्फ पनि यो समस्या सर्दो अवस्थामा छ ।

चाडपर्व लक्षित पोषाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्थाबारे बेलाबखत गुनासाहरू सतहमा आउने गरेका छन् । यस्तो परिस्थितिको अन्त्य हुनुपर्ने माग उठाउँदै स्थानीय तहमा पर्ने त्यस्ता गुनासो पुग्ने गरेका छन् । तर, यसो हुँदासम्म पनि यो अवस्था फेरिएको छैन, झन्–झन् बढेर गएको छ । बरु, विद्यालयहरूले धर्म–संस्कृति सुहाउँदो पोषाक लगाउँदैगर्दा धर्म संस्कृतिका सम्बन्धमा शिक्षण सिकाइमै सहयोग पुग्ने दाबी गर्छन् ।

अभिभावकको गुनासो सम्बोधन गर्दै विभिन्न स्थानीय तहहरूले त्यसरी विद्यार्थीहरूलाई चाडपर्व लक्षित पोसाक किन्नैपर्ने अवस्थामा नपु¥याउन निर्देशन दिनेका गरेका छन् । पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकाले विद्यार्थीहरूलाई विभिन्न चाडपर्व लक्षित पोषाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्था अन्त्य गराउन निर्देशन दिएको छ । महानगरले सवै विद्यालयहरुलाई पत्रचार गर्दै चाडपर्वका बेला फजुल खर्च गरेर पोषाक खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था बन्द गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

Advertisement

विभिन्न चाडपर्व, धर्म र संस्कृतिको सन्र्दभ पारेर विद्यार्थीहरुलाई त्यस्ता चाडपर्वसँग सम्बन्धित पोषाकहरू खरिदका लागि बाध्य गराइएको भन्ने गुनासो प्राप्त भएपछि महानगरले त्यसो नगर्न भनेको छ । साथै, महानगरले बरु, विद्यालयले नै यस्ता पोषाक नमूनाका रूपमा उपलब्ध गराई शिक्षणसिकाई गराउन आग्रह गरेको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top