११ भदौ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
दुईदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौं आएका थिए ।