ताप्लेजुङमा उपाधि जित्दै मोरङले पायो पाँच लाख, आयोजकलाई टिकटबाटै १० लाख

१० भदौ ८१, मंगलबार

११ भदौ, विराटनगर ।

Advertisement

मोरङको सगरमाथा युथ क्लबले ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा विजय भुजेलको निर्णायक गोलको मद्दतले मोरङले सलहेश युवा क्लब सिराहालाई १–० गोलले हराउँदै उपाधि जितको हो ।

उपाधिसँगै सगरमाथा युथ क्लबले ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपैयाँ राशिको नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेतामा सीमित बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

Advertisement

फाइनल खेलमा टिकट बिक्रीबाटै आयोजकले रु १० लाखभन्दा बढी रकम संकलन गर्‍यो । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए ।

प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार संकलन भएको आयोजकले हो । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top