×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन प्रधानमन्त्रीको जोड

४ आश्विन २०७५

काठमाडौँ, असोज ४
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् ।

काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिए ।

Advertisement
Advertisement

उनले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेकामा जोड दिए ।

बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भएको झण्डै तीन हप्तापछि दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३०० विज्ञ सम्मेलनमा सहभागी भएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजना र अन्तर्रा्ष्ट्रिय कृषि प्रसार समिति हैदरावाद भारतको सहआयोजनामा शुरु भएको सम्मेलन यही असोज ७ गतेसम्म चल्नेछ । सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् ।

बिम्स्टेक सम्मेलनमा जारी गरिएको १८ बुँदे घोषणपत्रले पनि कृषि क्षेत्रको उत्पादनमा जोड दिएको थियो । कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लािग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिए ।

विश्व जनसङ्ख्याको करीब तीन चौथाइ बसोबास दक्षिण एशियामा छ । सार्क राष्ट्रको मुख्य चुनौती गरीबी र खाद्य असुरक्षाबाट मुक्ति हो । कृषि जीविकोपार्जनको मुख्य आधार रहेकाले यस क्षेत्रमा कृषिको विकास र विस्तार नगरी समग्र देशको विकास सम्भव देखिँदैन । यस क्षेत्रमा भएका हरित क्रान्तिले लाखौँ जनतालाई भोकमरीको खाडलबाट निकाले पनि किसानको आयमा उल्लेखनीय वृद्धि हुन सकेको छैन ।

Advertisement
Advertisement

नेपाललगायत छिमेकी राष्ट्रले आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर गर्ने सङ्कल्प गरिसकेका छन् । यसका लागि उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयनको अवस्थामा छ । कृषि विकास रणनीति र दिगो विकास लक्ष्यले तय गरेको उद्देश्य प्राप्तिका लागि भोकमरीलाई शून्यमा झार्ने मार्ग्चित्र र तिनको कार्ययोजना तयार भई कार्यान्वयनमा रहेको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top