×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

शेयरमा शोक ! १११ अंकले घट्यो नेप्से

११ भाद्र २०८१

११ भदौ ,काठमाण्डौ ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकको भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । यस दिन १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।

Advertisement
Advertisement

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य स्थिर छ । घटेको बजारमा तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ ।नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ । अल्पकालीन कारोबारीमा नाफा बुक गर्नेक्रम जारी रहेको देखिन्छ ।

प्रोफिट बुक गरेकाहरु पनि ‘पर्ख र हेर’को अवस्था रहँदा बजारमा सेलिङ प्रेसर बढेको हो । यसअघि नेप्से छोटो समयमा राम्रोसँग बढेको थियो ।यसरी बढेको बजारबाट नाफा बुक गरेकाहरु पुनः बजार प्रवेश गर्न बाँकी रहेकाले पनि बिक्रेता पक्ष नै हावी देखिएको हो । ठूला र संस्थागत लगानीकर्ताले पनि बेलाबेला प्रोफिट बुक गरिरहन्छन् ।

यसले पनि सेलिङ प्रेसर बढाइदिन्छ अनि बजारमा गिरावट आउँछ । यस्तै, राजनीतिक कुरा, प्रचण्ड लगायतका नेताहरुले संसदमा बोलेका विषयले पनि बजारमा केही प्रभाव परेको अनुमान गरिएको छ ।यद्यपि, अहिले पनि औसतमा कारोबार रकम राम्रो देखिएको छ । घटेको समयमा किन्न चाहनेहरु पनि उत्तिकै सक्रिय हुँदै जानेछन् ।

मूल्य सस्तो हुँदै जाँदा फेरि विस्तारै क्रेताहरु हावी हुँदै जाने अनुमान गर्न सकिन्छ । अहिले नेप्से घट्नुमा अरु ठूला कारण देखिएका छैनन् । करिब डेढ महिनामा झन्डै एक हजार अंक बढेको बजारमा यो स्वभाविकरुपमा करेक्सन आएको हो ।

Advertisement
Advertisement

यसर्थ, यो करेक्सन चक्र पूरा भएपछि बजारले फेरि स्वभाविक हिसाबले वृद्धिको लयमा फर्किने विश्वास गर्न सकिन्छ । बैंकहरुमा बढ्दो तरलता, घट्दोक्रममा रहेको ब्याजदर लगायतका कारण बजारले अन्ततः माथितिरकै गति लिन सक्ने सम्भावना देखिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top