NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा मङ्लबार जेष्ठ ७ , २०८२
विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ? मङ्लबार जेष्ठ ७ , २०८२
सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो मङ्लबार जेष्ठ ७ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ? मङ्लबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

मङ्लबार भदौ ११ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
अल नासरबाटै रोनाल्डोले सन्न्यास लिने, फुटबल छोडेपछि के गर्छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ भदौ  एजेन्सी ।

उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेरदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डोसर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् । फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो ।

विश्वकपमा पनि उनको व्यक्तिगत उपलब्धि थुप्रै छन् । सन् २००६ मा २१ वर्षको उमेरमा विश्वकपमा पहिलो गोल गरेका रोनाल्डोले ३७ वर्षको उमेरमा सन् २०२२ मा गोल गरेका थिए । यस्तो रेकर्ड बनाउने अरू खेलाडी छैनन् । विश्वकपका विभिन्न पाँच संस्करण खेलेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई युरोकप र युइएफए नेसन्स लिगको उपाधि जिताएका छन् ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो मैदानमा यतिधेरै मिहिनेत गर्छन्, २० सिजन त उनी शीर्ष गोलकर्ता नै बने । हुँदहुँदै दुई वर्षअघि युरोपियन लिगबाट बाहिर निस्किएर साउदी अरेबियन क्लब अल नासर पुगेका रोनाल्डोले डेब्यु सिजनमा १९ खेलमा १४ गोल गरे । तर, २०२३–२४ को सिजनमा उनी सर्वाधिक गोलकर्ता बने ।

साउदी प्रो लिगमा अघिल्लो सिजन ३५ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका रोनाल्डोले अघिल्लो सिजन अल नासरले खेल्ने सबै प्रतियोगितामा ४५ खेल खेल्दा ४४ गोल गरे । युरोपका शीर्ष लिगहरूमा सनसनी मच्चाएर साउदी आएका रोनाल्डोले नयाँ सिजनको पहिलो खेलमै गोल गरे। अब, यस सिजन पनि उनी अल नासरलाई उपाधि जिताएर व्यक्तिगत उपलब्धिको फेहरिस्त लगाउने दाउमा छन् ।

सँगसँगै पोर्चुगलका लागि उपाधि जित्ने उनको योजना कायमै छ । तर, यसबीचमा उनीमाथि सन्न्यास कहिले लिने भन्ने प्रश्न तेर्सिने गरेकै छन् । हालै पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोलाई ‘एनओडब्यु’ मिडियाले सन्न्यास कहिले भन्ने प्रश्न सोधेको थियो । जसको जबाफमा उनले भनेका छन्, ‘मैले कहिले सन्न्यास लिन्छु भन्नेबारे म आफैंलाई थाहा छैन । मैले चाँडै सन्न्यास लिनुप¥यो भने आगामी दुई वा तीन वर्षमा लिन्छु । तर सम्भवतः म अल नासरबाटै सन्यास लिन्छु ।’

अल नासरमा आफू एकदमै खुसी रहेको बताउँदै रोनाल्डोले निरन्तर साउदीबाटै फुटबल खेल्ने आफ्नो चाहाना रहेको सुनाए । त्यसबाहेक आफ्नो राष्ट्रका लागि खेलिरहँदा गर्व अनुभूति गरेको रोनाल्डोको भनाइ छ । त्यसबीचमा उनलाई सन्न्यासपछि प्रशिक्षक बन्ने हो ? भन्ने प्रश्न सोधिएको थियो ।

जबाफमा रोनाल्डोले फुटबलभन्दा बाहिर रहेर रमाउने बताए । ‘म प्रशिक्षक बन्छु भनेर सोच्न पनि गाह्रो छ । म कुनै फुटबल टोलीको प्रशिक्षक बन्ने मनसायमा छैन । यसबारे त सोच्दिनँ पनि । हुन सक्छ, मैले मेरो भविष्य फुटबलबाहेक अरू केहीमा देखेको छु ।’ हालै रोनाल्डोले युट्युब च्यानल बनाएका छन् । जसमा झन्डै पाँच करोड सब्स्क्राइब पुग्न आँटेका छन् ।

यसतर्फ उनी खुबै रमाएका कारण युट्युबमै रोनाल्डो सक्रिय बन्छन् कि भन्ने अड्कलबाजी भइरहेको छ । उसै पनि रोनाल्डो ‘सोसल मिडिया लभर’ हुन् । सबै सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने रोनाल्डोको एक्स (पूर्वट्वीटर) मा ११ करोड २६ लाख फलोअर्स रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनले १७ करोड फलोअर्स छन् ।

यसका अतिरिक्त इन्स्टाग्राममा पनि उनको कीर्तिमानी ६३ करोड ६० लाख फलोअर्स रहेका छन् । युरोपका शीर्ष तीन लिगमा आबद्ध क्लबहरूबाट व्यवसायिक फुटबलको अनुभव संगालिसकेका रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ।

Tags: #अल नासर#रोनाल्डो#सन्न्यास

लोकप्रीय

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

विचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

थप समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
ताजा समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
अन्तर्राष्ट्रिय

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
ताजा समाचार

सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो

मङ्लबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.