×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर । 

विभिन्न सपना बोकेर विभिन्न सिलसिलामा नेपालबाट अमेरिका पुगेका नेपाली चेलीहरू दिनानुदिन असुरक्षित बन्दै गएका छन् । अगस्ट महिनामा मात्र अमेरिका बस्दै आएका दुई नेपाली चेलीहरूबारे दुःखद खबर सुन्नु परेको छ । यी घटनाले पनि त्यहाँ नेपाली चेली सुरक्षित नभएका हुन् कि भन्ने अड्कलबाजी गर्न सकिन्छ ।

Advertisement
Advertisement

अगस्टको सुरुतिर अमेरिकाको वासिङटन डिसीबाट हराएकी नेपाली नर्स ममताको काफ्लेको हत्या भएको प्रहरीले आशंका छ । तर अहिलेसम्म प्रहरीले उनको शव अझै फेला पार्न सकेको छैन ।

काभ्रेकी ममताले भारतको बैंग्लोर बसेर नर्सिङ पढ्दैगर्दा सामाजिक सञ्जालमार्फत् भएको चिनाजानीलाई विवाहमा परिणत गरेकी थिइन् । २०७७ मंसिरमा कञ्चनपुरका नरेश भट्टसँग विवाह गरेर उनी अमेरिका पुगेकी थिइन् ।

भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा ममता र नरेशबीच सम्बन्धमा आएको दरारका कारण ममता एकाएक गायब भइन् ।

विवाहको चौथो वर्ष पुग्दैगर्दा एक छोरीकी आमा रहेकी ममताको शव लुकाएको आरोपमा नरेश अमेरिकन प्रहरीको हिरासतमा छन् । उनको शव अहिलेसम्म भेटिएको छैन भने नाबालिका छोरी अभिभावकविहीन छिन् ।

यो घटनाको वास्तविकता र शोकबाट नेपालीहरूले उन्मुक्त हुन पाएकै छैनन् । ममताको माइती काभ्रेमा ठूलो शोक छ । ममताका पतिलाई कारबाही हुनुपर्छ भन्ने मागले अमेरिकाको सडक र नेपालको सदन तातेको छ ।

ममता बेपत्ताको एक महिना बित्न नपाउँदै सोमबार अर्की नेपाली चेलीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्ससमा बसेर अध्ययन गर्दै आएकी भोजपुर घर भएकी २१ वर्षीय मुना पाण्डेको गोली प्रहार गरी हत्या भएको हो ।

टेक्ससस्थित ह्युस्टन सहरमा रहेको एक कलेजमा अध्ययनरत मुनालाई अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर उनको हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । पाण्डेको छातीमा गोली लागेको पाइएको छ ।

अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेन्ट’ ले चिनिन्छ । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । उनी सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको छ । हत्याराले ओछ्यानमै गोली हानेको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिने अमेरिकाबाट प्रकाशित हिमालय खबरले जनाएको छ । ओछ्यानभरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिबारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताएका छन् ।

मुनालाई तीनवटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरीदेखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् ।

त्यतिखेरका सहकर्मी र रेष्टुरेन्टका ग्राहकहरूले मुना निकै मृदुभाषी र असल व्यक्ति भएको प्रतिकृया दिएका छन् । २१ वर्षीया मुनाको नेपालमा आमामात्र छिन् । पछिल्लो समय मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैंले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको आशंका गरिएको छ । कोठाभित्र भेटिएका पुरुषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुषसमेत बस्ने शंका गरिएको बताइएको छ ।

अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि बन्द थियो । अपराध अनुसन्धानमा संलग्न अधिकारीहरुले लगेको सर्भिलेन्स भिडियोको सूचना र अटस्पी (पोष्टमार्टम) रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरू प्राप्त हुने अनुमान गरिएको छ ।

सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

Advertisement

डा. नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन पर्खनु पर्ने हुनसक्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top