भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?

१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी ।
अमेरिकामा बेपत्ता ममता काफ्लेको हत्या अझै रहस्यमय र प्रहरीले शवसहित ठोस प्रमाण नभेटिरहेका बेला अर्की नेपाली चेलीको पनि हत्या भएको छ । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा भोजपुरकी मुना पाण्डेको हत्या भएको हो ।

गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् ।

त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिवारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताएका छन् ।

Advertisement

उनले बताए अनुसार मुनालाई तीनवटा गोली हानिएको थियो। सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरी देखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् ।

सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

Advertisement

दिवंगत मुनाकी नेपालमा रहेकी आमाले समेत छोरीको अन्तिम संस्कारमा भए पनि घटना भएको ह्युस्टन आउन चाहेको भन्ने सूचना आएकाले एनएएचकै सक्रियतामा ‘इन्सिडेण्ट’ रिपोर्ट पनि पठाइसकिएको डा. नेपालले बताएका छन् ।

घटनास्थलमा उपलब्ध प्रमाणहरु, मुनाले सामाजिक सञ्जालमा र आमासँग सेयर गरेका तस्बिर, भिडियो लगायतका सूचनाका आधारमा प्रहरीले हत्यारा पत्ता लगाउने ह्युस्टनका नेपाली समुदायले विश्वास गरेको समाचारमा जनाइएको छ ।

यसबीच ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन् ।

उनका श्रीमान् नरेश भट्टमाथि प्रर्याप्त प्रमाणको अभावमा शव व्यवस्थापन गरेको आरोप लगाएपनि उनैले हत्या गरेको हुन् सक्ने आशंका मात्रै प्रहरीले गरेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको थियो ।

उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् । तर, नरेशले आफूमाथिको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ ।

अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् । मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् ।

उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताएका छन् । मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । “भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन,“ उनले भनेका छन् । नरेशलाई हिरासतमा राखेर अनुशन्धान गर्न अक्टोबरसम्मको समय पाएको प्रहरी फेरि ममता र नरेशको घर पुगेको छ ।

उनीहरूले ममतालाई के भयो भन्ने थप प्रमाणहरू खोज्न अर्को खोजी वारेन्ट लिएर घरमा पुगेको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरीले घरमा करिब तीन घण्टा अनुसन्धान गरेको थियो ।

छिमेकीहरूले उनीहरूलाई बेसमेन्ट क्षेत्रको वरिपरि कुकुर प्रयोग गरेको, पेपरको ठूलो रोल ल्याएको र अग्निनियन्त्रकहरूले भर्याङ ल्याएको देखेको बताएका छन् । यसअघि, मंगलबार अदालतको सुनुवाइका क्रममा नरेशले ममता बेपत्ता हुनु केही महिना अगाडि ’श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ’ भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् । गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए ।

अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् । तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो÷होइन भन्ने पुष्टि हुन सकेको छैन ।

तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ । ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top