NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ? सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?

बुधबार भदौ १२ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी ।
अमेरिकामा बेपत्ता ममता काफ्लेको हत्या अझै रहस्यमय र प्रहरीले शवसहित ठोस प्रमाण नभेटिरहेका बेला अर्की नेपाली चेलीको पनि हत्या भएको छ । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा भोजपुरकी मुना पाण्डेको हत्या भएको हो ।

गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् ।

त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिवारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताएका छन् ।

LS Auto

उनले बताए अनुसार मुनालाई तीनवटा गोली हानिएको थियो। सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरी देखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् ।

सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

दिवंगत मुनाकी नेपालमा रहेकी आमाले समेत छोरीको अन्तिम संस्कारमा भए पनि घटना भएको ह्युस्टन आउन चाहेको भन्ने सूचना आएकाले एनएएचकै सक्रियतामा ‘इन्सिडेण्ट’ रिपोर्ट पनि पठाइसकिएको डा. नेपालले बताएका छन् ।

घटनास्थलमा उपलब्ध प्रमाणहरु, मुनाले सामाजिक सञ्जालमा र आमासँग सेयर गरेका तस्बिर, भिडियो लगायतका सूचनाका आधारमा प्रहरीले हत्यारा पत्ता लगाउने ह्युस्टनका नेपाली समुदायले विश्वास गरेको समाचारमा जनाइएको छ ।

यसबीच ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन् ।

उनका श्रीमान् नरेश भट्टमाथि प्रर्याप्त प्रमाणको अभावमा शव व्यवस्थापन गरेको आरोप लगाएपनि उनैले हत्या गरेको हुन् सक्ने आशंका मात्रै प्रहरीले गरेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको थियो ।

उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् । तर, नरेशले आफूमाथिको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ ।

अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् । मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् ।

उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताएका छन् । मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । “भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन,“ उनले भनेका छन् । नरेशलाई हिरासतमा राखेर अनुशन्धान गर्न अक्टोबरसम्मको समय पाएको प्रहरी फेरि ममता र नरेशको घर पुगेको छ ।

उनीहरूले ममतालाई के भयो भन्ने थप प्रमाणहरू खोज्न अर्को खोजी वारेन्ट लिएर घरमा पुगेको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरीले घरमा करिब तीन घण्टा अनुसन्धान गरेको थियो ।

छिमेकीहरूले उनीहरूलाई बेसमेन्ट क्षेत्रको वरिपरि कुकुर प्रयोग गरेको, पेपरको ठूलो रोल ल्याएको र अग्निनियन्त्रकहरूले भर्याङ ल्याएको देखेको बताएका छन् । यसअघि, मंगलबार अदालतको सुनुवाइका क्रममा नरेशले ममता बेपत्ता हुनु केही महिना अगाडि ’श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ’ भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् । गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए ।

अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् । तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो÷होइन भन्ने पुष्टि हुन सकेको छैन ।

तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ । ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

Tags: #अमेरिकामा बेपत्ता ममता#ममता काफ्ले

लोकप्रीय

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

विचार

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै
समाचार

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.