×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश

१२ भाद्र २०८१

१२ भदौ , काठमाण्डौ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । अन्य खेल खेलाउन नसकिएपनि फाइनल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

Advertisement
Advertisement

पहिलो सेमिफाइनलमा नेपाल पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर तथा दोस्रो सेमिफाइनलमा बङ्गलादेश पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो । तसर्थ आज बंगलादेश खाली हात घर नफर्किने गरी मैदानमा उत्रिने छ ।

नेपाल पनि घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । सिनियरतर्फ नेपालको पुरुष र महिला दुवै टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । यस्तोमा नेपाललाई साफ क्षेत्रमा जुनियर टिमले नै सफलता दिलाउँदै आएका छन् । च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।

सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।

अब ७ वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । यता बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर बंगलादेश तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो ।

तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ । नेपाल यस पटक च्याम्पियन बन्यो भने सर्वाधिक ३ पटक च्याम्पियन बनेको भारतसँग बराबरी गर्ने छ ।

नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताएका छन् । तयारी राम्रो रहेको पनि उनले प्री म्याच कन्फरेन्समा जानकारी गराए । फरवार्ड लाइनमा तालमेल मिल्न सकेको छैन् भन्ने प्रश्नमा अन्य टिमले नेपाली टिमको विषयमा पनि अध्ययन गरेकोले केहि अप्ठयारो भएको पनि बताए ।

तर उनले आफ्नो टिम र प्रत्येक खेलाडीमा पूर्ण विश्वास रहेको पनि स्पष्ट पारे । उता बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेपनि सेमिफाइनलमा तीन पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरिसकेको छ ।

तर भारतलाई हराएर फाइनल पुगेको टिममा थप आत्मविश्वासी बनेको छ । यद्यपी प्रशिक्षक मारूफुलहलले भारतलाई हराएको पुरानो कुरा भएको र नेपालसँगको फाइनल खेल नयाँ खेल हुने र यो चुनौतीपुर्ण रहने बताएका छन् । उनले नेपालको बारेमा जानकारी रहेको र सोही अनुरुप खेल्ने बताएका छन् ।

बङ्गलादेशका कप्तान मोहमद असिफले नेपाली टिम उत्कृष्ट रहेको तथा नेपालको गतिसँग जानकार रहेको बताए । साथै उनले नेपाली टिममा क्वालिटीका खेलाडी रहेको र त्यसको अध्ययन टिमले गरेको बताए । तर बंगलादेशका पहिलो रोजाइका गोलकिपर मेहदी हसन घाइते भएका छन् । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले फाइनल खेल गुमाउनेछन् ।

यसले टिमलाई केहि असर गर्न सक्छ । तर वैकल्पिक गोलकिपर मोहम्मद आशीफले भारत विरूद्ध टाइब्रेकरमा सानदार प्रदर्शन गरेका थिए । उनले भारतको दुई पेनाल्टी प्रहार रोकेका थिए । अब फाइनलमा गोल पोष्ट सम्हाल्ने जिम्मेवारी उनलाई नै रहेको छ । यस्तोमा नेपाल र बंगलादेशको उपाधि भिडन्त प्रतिस्पर्धी हुने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top