×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालविरुद्ध बंगलादेशको दोब्बर अग्रता

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् ।

Advertisement
Advertisement

सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले आफ्नो अग्रता दोब्बर बनाएको छ । खेलको ५४औं मिनेटमा गोल गर्दै बंगलादेशले नेपालविरुद्ध २-० गोलको अग्रता बनाएको हो ।

यसअघि पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरेका थिए ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

बंगलादेशले तीन पटकको विजेता भारतलाई हराएको थियो । नेपालले भने समूह चरणका बंगलादेशलाई हराएको थियो । नेपाल आज बंगलादेशलाई हराउँदै तेस्रो पटक उपाधि जित्ने योजनामा छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उमेर समूहका प्रतियोगिता जितेको थियो ।
बंगलादेश भने पहिलोपटक उपाधि जित्ने दाउमा छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

Advertisement
Advertisement

नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top