Nepal Times
Nepal Times
3
Shares

पहिलो हाफमा घरेलु टोली नेपालमाथि बंगलादेशको अग्रता

पहिलो हाफमा घरेलु टोली नेपालमाथि बंगलादेशको अग्रता

१२ भदौ, विराटनगर । 

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालसँग १-० गोलको अग्रता बनाएको छ । पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरे ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

बंगलादेशले तीन पटकको विजेता भारतलाई हराएको थियो । नेपालले भने समूह चरणका बंगलादेशलाई हराएको थियो । नेपाल आज बंगलादेशलाई हराउँदै तेस्रो पटक उपाधि जित्ने योजनामा छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उमेर समूहका प्रतियोगिता जितेको थियो ।

बंगलादेश भने पहिलोपटक उपाधि जित्ने दाउमा छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.